Sansar News- Nepal's Fast Khabar Online News Portal

सी जिनपिङको ‘धुलोपिठो’ अभिव्यक्ति संयोग मात्र होइन, अर्थयुक्त छ-नेकपा नेता,शुरेस कार्की

संसार न्यूज़
३ हप्ता पहिले
सी जिनपिङको ‘धुलोपिठो’ अभिव्यक्ति संयोग मात्र होइन, अर्थयुक्त छ-नेकपा नेता,शुरेस कार्की

Suresh Karki : शुरेस कार्की, नेपालको राजनीतिक आन्दोलनमा एउटा सुप्रचारित नाम हो । २०२९/३० सालमा अखिलको राजनीतिबाट अगाडि बढेका उनी कोअर्डिनेशन केन्द्र नेकपा माले र एमाले हुँदै लामो समय भुमिगत रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका उनी तत्कालिन एमालेको पाँचौ, छैटौं र सातौ महाधिबेशनसम्म केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका थिए भने २०५६ मा उदयपुरबाट सांसद निर्वाचित पनि भएका थिए । विगत केही समय देखि नेपाली कम्युनिष्ट आन्दोलनका बैचारिक समस्या, संगठनात्मक प्रणाली र जनवाद लागु गर्ने व्यवहारिक समस्याका बारेमा अध्ययन गर्दै आएका उनले नेपाल–चाइना पिपुल्स फोरम नामक संस्थाको नेतृत्व समेत गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनका एक अगुवा र नेकपाका नेता बाहेक चीन मामिला विज्ञ समेत रहेको उनको बुझाई निकै महत्वपूर्ण ठानी संसार न्युज डटकमका तर्फबाट लिइएको उनको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपतिको भ्रमणको समिक्षा कसरी गर्नु भएको छ ?
चिनियाँ राष्ट्रपति सी जिन पिङको यस अगाडिको नेपाल आउने जर्मकोको श्रृंखलामै यो भ्रमण भएको हो । यस अघिका २ वटा भ्रमण स्थगन भएका थिए । यो भ्रमण ढिलो भए पनि राम्रो मात्र होइन, निकै राम्रो भएको छ । राष्ट्रपति सी जिन पिङको मुखैबाट नेपाल अब भू–जडित भयो भनिनु सबै हिसाबले उच्च र ऐतिहासिक उपलब्धि हो भन्ने मलाई लागेको छ ।

विभिन्न प्रकारका सुरक्षा थ्रेट र अवरोधहरु थिए भन्ने हल्ला पनि आएका थिए नि ?
सान्दर्भीक प्रश्न गर्नु भयो । भ्रमणको पृष्ठभूमि र सफलतासँग सुरक्षाको मामिला जोडिएको हुन्छ नै । सरकारले ढिलो गरी भ्रमण तालिका सार्वजनिक गरेपनि सुरक्षाको प्रबन्ध राम्रो गरेको भन्न सकिन्छ । भ्रमण विथोल्ने वा नेपाली भूमिमा चिनियाँ राष्ट्रपतिको अपमान भयो भनेर हल्ला मच्याउन खोज्नेहरुलाई सरकारको तयारीले झल्यांस्सै पारिदिएको मैले महसुस गरेको छु ।

चीनको सिङजान प्रान्तबाट कश्मिर हुँदै २/३ महिना पहिले नेपाल छिरेका ‘उहिगुर’ हरुले संयुक्त राष्ट्र संघीय शरणार्थी आयोगमा पासपोर्ट बुझाएर शरणार्थी बनैर सुरक्षा थ्रेट दिइसकेको एउटा अवस्था थियो । सरकारले उनीहरुबाट हुने अशान्ति पूरै रोक्न सफल भयो भने अघोषित रुपमा तिसौं हजारको संख्यामा रहेका र घोषित रुपमा १२,५४० दर्तावाल तिब्बतियन शरणार्थी मध्ये बढि संकास्पद २२÷२३ जनालाई सरकारले नियन्त्रणमा लियो । आत्मदाह गर्ने, गराउने धम्कि पूरै विफल बनाइदियो । विगतमा चिनियाँ विदेशमन्त्री आउँदा वितण्डा मच्चाउन खोज्ने केही अधिकारवादीहरुलाई पनि सरकारले यसपटक निगरानीमा राखेको थियो । मधेशवादी अभियानमा लागेको बताउने सुनिता शाही लगायतका केही व्यक्तिहरु र फ्रि तिब्बतको आवरणमा चीन विरोधि गतिबिधिलाई सघाउने स्वघोषित अधिकारकर्मीहरु पनि एक प्रकारको नियन्त्रणमा नै रहे । त्यसैगरी नेपाली सेनाले अग्र केयरमा सुरक्षाको राम्रो प्रबन्ध गर्यो ।

सरकारले तय गरेका एजेन्डा पर्याप्त थिए की थिएनन के लाग्छ यहाँलाई ?
अर्थ र परराष्ट्र मन्त्रालय लगायतका बढि सम्बन्धीत मन्त्रालयको गृहकार्यमा एजेन्डाहरु ल्याइएका थिए । काठमाण्डौं–केरुङ रेलको संभाव्यता अध्ययन, डिटेल सर्वे र निर्माण, यसअघिको यातायात प्रोटोकल अनुसार ६ सामुद्रिक र ४ स्थलमार्ग प्राप्त भैसकेको स्थितिमा केरुङ–काठमाण्डौं हाइवेलाई समुद्रसम्म पुर्याउने क्रममा स्याफ्रुवेशी–वेत्रावती करिब २२ किलोमिटर र टोखा–छहरे ४ किमी टनेल निर्माण गर्ने सहित अरनिको हाइवे अपग्रेड गर्दै समुद्रसम्म पुर्याउने, किमाथान्का र कोरला नाका खोल्ने, मदन भण्डारी विश्वविद्यालय मकवानपुरको चित्लाङमा संचालन गर्ने, संखुवासभाको अरुणमा १ हजार मेगावाट र पाँचथरको तमोरमा ७५० मेगावाटको हाइड्रो बनाउने, काठमाण्डौकौ चक्रपथ विस्तार र केरुङ–रातामाटे ट्रान्समिशन लाइन विस्तार गर्ने लगायतका कुरा आएका छन् । तयारी पुगेन भन्ने स्थिति त छैन तर केही विषय ठोस र मुर्त आएको भए एजेन्डा करिब करिब प्रयाप्त नै मान्नुपर्छ यति कुरा कार्यान्वयनमा आउँदा मुलुकले निकै ठूलो फड्को मार्न सक्छ भन्ने मलाई लाग्दछ ।

पछिल्ला घोषणाहरु कार्यान्वयनमा जाने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?
मूल प्रश्न कार्यान्वयन नै हो । चीनले नेपाल सरकारको कोर्टमा बल फालिदिएको छ । यसअघि ३.५ मिलियन आएपनि यसपटक ३.५ विलियन अर्थात ५६ करौडलाइ ५६ अर्बमा बढाएकौ यौ सहयोगलाइ उपरोक्त परियोजनाहरु बाहेक पनि उपर्युक्त ठाउँमा सहि ढङ्गले लगाउन सके र चीनलाई परिणाम देखाउन सके दुवै देशले फाइदा लिन सक्थ्यो । २० बुँदे सम्झौता र १४ बुँदे प्रेस विज्ञप्तिको सार्थकता कार्यान्वयनसँग नै जोडिएको छ ।

यसबाहेक राष्ट्रपति भ्रमणबाट नेपालले प्राप्त गरेको थप फाईदा के होलान ?
राष्ट्रपति सी जिनपिङले सम्माननीय राष्ट्रपतिसँग गरेको भेट र छलफल, प्रधानमन्त्री सँग भएका छलफल, प्रमुख विपक्षि दलका नेता शेरबहादुर देउवालाई उच्च महत्वका साथ गरेको भेट, नेकपा अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्यहरुसँग गरेको भेट, छलफल र शेयरिङ्ग निकै महत्वका रहे । सत्तारुढ नेकपासँग सैधान्तिक बैचारिक, राजनीतिक र सांगठानिक मात्र होइन, भ्रष्टाचारविरुद्धको कडाई, पार्टी र सरकार संचालन, कम्युनिष्टहरुको जनसेवाकौ शैली लगायतका विषयमा भएका छलफलले नेकपा पंक्तिलाई आत्मसमिक्षा गर्न सहयोग पुर्याउनु आफैमा राम्रो मान्नुपर्छ भने नेपाली कांग्रेससँग पनि उत्तिकै महत्वमा चीनले सम्बन्ध राख्नु देशका लागि निकै राम्रो र महत्वको कुरा हो ।

चीनसंगको सुपुदर्गी सन्धि क्याविनेटबाट पास गरेर पनि पछि रोकियो रे नि !
चीनीया राष्ट्रपति आउनु अगाडि नै प्रधानमन्त्रीज्यूले पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा यो विषय उठेको र त्यसमा केही पूर्वपिएमहरुले अहिले हतारो नगरौं भनेको कुरा पनि बाहिर आएको थियो । सन्धि नहुँदा पनि ‘चीनले भनेको र मागेको कुरो नेपालले नाइनास्ति नगर्ने भएकोले यो विषय वुँदामा नपरेको हुन सक्छ । अनि कतिपय बुँदाहरु प्रष्ट नहुँदा अन्यत्रबाट फैलिएका समस्याहरु समैतमा बिचार गरी रोकीएको हुनसक्छ ।

चीनीया राष्टपतिबाट आएको ‘धुलोपिठो पार्ने’ अभिव्यक्ति संयोग मात्र होला की, अरु केही होला ?
तीव्वत, सिङजान, ताइवान, र हङकङका विभिन्न समस्यासँग जुधिरहेको सन्दर्भमा यहाँ आएर त्यो बोल्नुलाई विभिन्न ढंगले टिप्पणी त गरिएको छ तर यसलाई संयोग र अर्थयुक्त मान्नुपर्छ । आफ्नो निशानामा रहैर अभिव्यक्ति दिने क्रममा आएको उक्त शब्द नेपालसँगकौ प्रतिशौधमा जोडिएको छैन तर यहांबाट बौलीएकौ कुरौ प्रभावी हुनुले अर्थयुक्त चाहि मान्न सकिन्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…