Sansar News- Nepal's Fast Khabar Online News Portal

किन जड बन्दै छ मुलुकको राजनीति ?

भिम उपाध्याय
३ हप्ता पहिले
किन जड बन्दै छ मुलुकको राजनीति ?

न हामी सही सक्षम मान्छे चुनेर सरकार वा सत्तामा पठाउन सक्छौ, न सक्षम अधिकारीलाई कामको जिम्मा दिन सक्छौं ! अनि काम गरेन भन्दै सरकारलाई धिक्कार्छौं र पुन निर्वाचन गर्ने अवसर पाउदा तिनै पुरानालाई जिताएर पुन : पुरस्कृत गर्दै पठाउछौं । मन्त्री,सचिव, डिजी, प्रोजेक्ट म्यानेजरको जिम्मेदारी दिदा मोलमोलाई गरेर प्रि वा पोष्ट पेड प्रणाली लागू गर्छौं । हामी सबै दोषी हौं । हामी अरूले हैन आफ्नै कर्म अनुसारको नतिजा बेहोरिरहेका र बेहोर्दै छौं । कर्मको नियम सधैं अकाट्य हुन्छ, सदा काल, सबैमा ! यसको जस अपजस हाम्रै हुन्छ, अरूको दोष छैन ।

जब हरेक पक्ष, तप्का, पेशा, वर्ग, संस्थामा कुराजनीति हावी हुन्छ, त्यसको अर्थ सबै ठाउँ भ्रष्टताको चुलीमा पुगेको हुन्छ । जब सबै ठाउमा भ्रष्टता व्याप्त हुन्छ तब समाजरूपी शरीरमा कडा सुगर, उच्च ब्लडप्रेशर र बेचैन दमले गाँजेको मानिन्छ । यस्तोमा डाक्टरलाई रोगीको उपचार गर्न असंभवप्राय ः हुन्छ । कडा उपचार गर्यो कि रोगी मर्छ । रोगी न मर्न चाहन्छ, न आनन्दले जिउन सक्छ, न उपचार नै हुन्छ । यो मुलुकको अहिलेको फसाद यही हो ! मुलुकको शासकीय उपचारमा ईनोभेशन (अभिनव) को टड्कारो खाँचो छ !

विज्ञान वा प्रविधि वा साहित्यमा निरन्तर सोधखोज नयाँ नयाँ आविष्कार भैरहेका छन्, हजारौं हजार बैज्ञानिक प्राविधिज्ञले निरन्तर योगदान गरिरहेका छन् र त्यसको मानवजातिले लाभ पनि लिईरहेका छन् । तर नेपालको राजनीतिशास्त्र वा शासन शास्त्रमा के कति खोज आविस्कार हुदैछन् वा भएको छ र जनताले राजनीतिशास्त्रका विद्वान वा विज्ञबाट के कति लाभ पाईरहेका होलान्, जान्न पाईएको छैन, सकिएन ।

नेपालको राजनीतिक संगठनको मोड : ओपरान्डी (कार्यप्रणाली) अन्धभक्त कार्यकर्ता र तिनीमार्फत् प्रतिबद्ध अन्ध मतदाता बिकसित गर्दै जाने हुन पुगेको छर्लंग छ । हाम्रो लोकतन्त्र कस्तो हुन पुग्यो जहाँ भ्रष्ट, डन वा अपराधी चुनावमा उठे भने धनि, पढेलेखेका होस् कि गवाँर वा गरिबले तिनलाई नै जिताउछन् भनेर डराउनु पर्ने भएको छ । जनता जनार्दन हो र लोकतन्त्रको आत्मा सचेत नागरिक हो भन्ने मान्यता राख्ने हो भने नेपाली समाजका चरित्र लोकतान्त्रिक होईन रहेछ भन्नुपर्ने भयो । समाज अलोकतान्त्रिक तर राजनीति लोकतान्त्रिक हुने बीच मेल कसरी हुन्छ र मुलुक अगाडी बढोस् त । राजनीतिका पंडित भनाउदाहरूले पोष्टमार्टम मात्रै गर्ने कि अभिवन पनि गर्ने ? केही त गर्नुपर्यो नि !

उपाध्याय, नेपाल सरकारका पूर्व सचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…