तिहारमा चिसो बियर भनेर र पिएर देउसी भैलो खेलिदैन । यो नेपाली संस्कार र संस्कृति पक्षिय पनि होइन । सपुत या सन्तान अन्त कतै तुहाइन कि भनेर राष्ट्रलाइ या आमालाइ अबैध सम्वन्ध र गर्भधारण गर्ने वात लगाउने या भाव जगाउने व्यंग्य पनि समाजलाइ पच्दैनन ।
र्याप भनेर फोहरी शव्दका छन्द बनाएर युवा पिडीलाइ छाडा बनाउनु पनि पाच्य हुदैनन् । जीवनभर अबिबाहित हुनुपर्छ । कमाएको पैसा बचत गरेर घर, परिवार नबनाउनु नै त्याग हो भन्ने सामाजिक धारणा पनि सबैमा लागु हुनु हुदैन ।
जनप्रतिनिधीहरूलाइ कुनै सुविधा र पारिश्रमिक हुनु हुदैन भन्ने जनधारणा पनि व्यवहारमा न्यायिक मानिदैन । त्याग चाहिन्छ राजनीति र प्रत्येक जीवन र पेशाहरूमा तर आम्दानीको कुनै आधार नबनाइए राजनीति गर्ने मानिस पाइन छाड्छ या अनियमितता र भष्ट्रचारलाइ बैधानिक बाटो बनाउन प्रोत्साहित गरेको ठहरिन्छ । आम्दानी बिना कुन घर र जीवन चल्छ र संसारमा ?
त्यागी डां केशी जस्ता मानिस राजनीति, समाज, राज्य र राष्ट्रलाई चाहिन्छ तर सबै अबिवाहित, धन र जन नजोड्ने कृष्ण प्रसाद भट्टराइ जस्ता नेता र सामाजिक अभियन्ताहरू पनि असम्भव छ भने यस्तो सतप्रतिशत हुनु हुदैन । आदर्शले मात्र सबै जीवनका आवस्यक आधार बन्दैनन् । आजको जस्तो भष्ट्र र अनियमितताको राजनीति र आम्दानीको बाटो पनि चाहिदैन । जीवनभर घर र परिवार बनाउन नलागे, भएको आम्दानी समाज सेवामा खर्च गरे सबैको स्थिती डा. केसीको जस्तै न घर, न परिवार, न सम्पति, न दम्पति हुने नै हो जस्तो कर्म उस्तै परिणाम बन्ने हो । आम्दानी बचत गरे । बिहे गरे । सन्तान बने । घर बनाउने र आम्दानी बढाउने सन्तान र श्रोत बन्छन् । जस्को परिणाम घर, व्यवसाय नेताहरूका हुन्छन् ।
नेपालका सबै नेता जमीन, परिवार, सम्पति केहि नभएका बेसहारा र सर्वहारा थिएनन र होइनन् । तीन–चार दशक राजनीति गर्नेहरू हुन या अन्य पेशा गर्नेहरू हुन तीनका पनि केहि न केहि न्यायिक आम्दानीहरू हुन्छन नै । तीनका पनि कमाउने सन्तानहरू छन नै । तीनका पनि जमिनहरूका मूल्य बढि रहेका छन नै । तिनका पनि सन्तानहरू शहर र विदेशतिर कमाउने काममा छन नै । नेताहरू भन्दैमा अनि राजनीति गर्नेहरू भन्दैमा डा. केशी र सन्यासीहरू जस्ता सन्तान र सम्पति नजोड्ने र भएको छोड्नेहरू त पक्कै होइनन् । पिता र माताका महल र सन्तान कसरी केहि बर्ष मै आकर्षक ठाउमा पुग्छन् सायद समाज यतातिर ध्यान दिइरहेको छैन ।
फुटपाथमा पसल थापेर घर र जमिन जोड्नेहरू नेपालमा जताततै छन् । कार्यालय सहायक र चालक, सहचालक पेशा गरेर घर बनाउनेहरू नेपालमा धेरै छन् । तरकारी बोक्ने र बेच्नेहरूका राम्रा घर र सन्तानहरू राम्रा बिकसित विदेशका देशहरू पुगेकाहरू धेरै छन् । राजनीति गर्नेहरू र नेताहरूका आम्दानी हुदैनन्, गर्दैनन् भनेर भ्रममा नपरौ । अनि भ्रम नछरौ । तीनका सुविधा, तलब, मित्रता, सम्पर्क, आधारहरू नै यस्ता हुन्छन् तीनका घर र सन्तान राम्रै ठाउमा उभिने बन्छन् । यो राजा भएको देश होस् या कुनै निरकुशतन्त्र या प्रजातन्त्र या कम्युनिस्ट भएको देश होस् यातफेरि नेता, शाशकहरूको स्थिति यस्तै हुन्छन् । चाहे त्यो अनियमितताबाट होस या नियमित आम्दानी र आधारबाट होस् घर र सन्तान सम्पन्नस्थल र स्थानमै बन्ने पुग्ने हुन्छन् । बिरोध र यथार्तताको राजनीतिले यो सत्यता बुझ्दैन या बुझाउने कोशिष गर्न सक्दैन् । मात्र अनियमित तबरले बनेका नेता या जनताका घर, जमिन र सम्पति छन् भने ति कानुनको दायरामा आउनु पर्छ । आफ्नो दल र जनको भनेर, आफ्नो जात र धर्मको भनेर अपराध र अपराधलाइ छुट दिनु हुदैन । हिजो सम्म राज्य र समाजमा रहने सबैले जोगाउने काम गर्दै आए । पुजारी, बाबा अनि माताहरूका महल कसरी बन्छन ? तीनले अथाह सम्पत्ति कसरी जोडे भन्नेतिर पनि राज्य र नागरिक सचेत बन्नै पर्छ । धर्म र राजनीतिको नाममा हुने यौन शोषण, हत्या, अत्याचार र शक्ति र सम्पति बनाउने आज सम्मको यो युगको अन्त्य अब ढिलो चाडो गरिनु नै पर्छ ।
नेपालका सबै नेता जमीन, परिवार, सम्पति केहि नभएका बेसहारा र सर्वहारा थिएनन र होइनन् । तीन–चार दशक राजनीति गर्नेहरू हुन या अन्य पेशा गर्नेहरू हुन तीनका पनि केहि न केहि न्यायिक आम्दानीहरू हुन्छन नै । तीनका पनि कमाउने सन्तानहरू छन नै । तीनका पनि जमिनहरूका मूल्य बढि रहेका छन नै । तिनका पनि सन्तानहरू शहर र विदेशतिर कमाउने काममा छन नै । नेताहरू भन्दैमा अनि राजनीति गर्नेहरू भन्दैमा डा. केशी र सन्यासीहरू जस्ता सन्तान र सम्पति नजोड्ने र भएको छोड्नेहरू त पक्कै होइनन् । पिता र माताका महल र सन्तान कसरी केहि बर्ष मै आकर्षक ठाउमा पुग्छन् सायद समाज यतातिर ध्यान दिइरहेको छैन ।
शासन व्यवस्थां मात्रै दोषी भएर देश र जनताको स्थिती दरिद्र हुदैन । यसलाइ चलाउनेहरू दोषी रअपराधी भए भने पक्कै देश र जनताको स्थिती भयावह बन्छ । नागरिक समाजदेखि अदालतसम्म पक्षपाती र अन्यायीहरु देखिन्छन् । धार्मिक, राजनैतिकदेखि सबै आर्थिक पेशामा रहनेहरू आदर्श र नैतिकवान भएनन भने राज्य र समाज पनि भष्ट्र र असंक्षम बन्दै जान्छ । राज्यले शक्तिमा रहनेहरूले अपराध गरे पनि कसरी बचाउने रहेछ भन्ने कुरा आज बाह्रवर्ष पछि चिम्नी भट्टामा जिउदै मानिसहरूलाइ जलाइएको घटना सुन्दा जो कोहि पनि मर्माहत बन्न पुगेका छन् । यस्ता आततायी प्रकृतिका घटनाहरू हिजो राणाहरू, राजाहरू अनि पंचहरूले गरे । उनीहरुकै निरन्तरता स्वरुप कम्युनिस्टहरू, काग्रेसहरु, मधेशी दलकाहरूले पनि त्यसै गरे । त्यस्तै, प्रहरी, सेना, सामन्त, जमिन्दार, व्यापारी, कर्मचारी, डन र गुन्डाहरूलेपनि निरन्तरता दिँदै आए । उनीहरुलाई न्यायधिशहरूले बचाए । समाजमा रहेका शक्ति र सम्पति हुनेहरूले पनि अपराध गरे । समाजमा सचेत नागरिकको कमी हुँदा आवाज उठाउने कोही नहुँदा ती अपराधहरु सबै दबाइए । ती सबै अपराध घटाउनेहरुलाई राज्य, नागरिक र न्यायक्षेत्रमा रहनेहरूको कारण नै न्यायको कठघरामा उभ्याउन सकिएन । तर, अपराध गर्नेका धरातल सधै बलियो भने हुदैन । तीनका शक्ति र पहुँच सधै जे गरे पनि जोगिने स्थितीमा रहदैनन् । प्रकृतिको नियम भनौ या, कुनै शक्ति या नियमको पालन भनौ समयक्रममा तीनका शासन ढल्दै आएका छन् । तिनका घर, परिवार, सन्तानले नोक्सानी बेर्होदै आएका छन् । आत्माले सरापेको मानौ या निर्दोषहरूको आशुले पोलेको भनौ अन्यायीहरूको साम्राज्य र महलहरू ढलेका, गलेका उदाहरणहरू पनि प्रसस्तै छन् ।
राज्यमा या समाजमा रहेर गरेका अपराधहरू कुनै न कुनै रूप र दिनमा राज्यमा, समाजमा उजागर हुन्छन्, हुन्छन् । राणाहरू इतिहास बने । राजाहरूका हबिगत सबैले देखियो अनि देखिदै छन् । अन्याय र अपराधलाइ संरक्षण गर्ने र गराउने नेताहरूका पनि दुखद क्षणहरू देखिदै छन् । आफ्नो दल, जन, सरकार भनेर अपराध सधै लुकाउन सकिन्न । त्यो भित्र भित्रै भुषको आगो झै बलि रहेको हुन्छ । त्यो घर र तिनका परिवारमाथि भित्र भित्रै सड्ने, बिग्रने खुम्रे लागिरहेको हुन्छ । खिया लागिरहेको हुन्छ । धमिराले खाइरहेको हुन्छ । यो गलत र अपराध गरेमा लाग्ने नियम र पाउने परिणाम हो । यो देख्न र भोग्न आजकल स्वर्ग र नर्क जानै पर्दैन यही धर्तीमा यसको परिणाम देखिदैछ । अपराधलाइ निरन्तरता दिइरहे, अनैतिक र भष्ट्र काम निरन्तर जारी राखे, यसको परिणाम पनि दुःखद नै हुन्छ । जीवनभर कमाएको नाम, धन र जनले सधै अपराध र अनैतिक काम ढाकछोप र बचाउ गर्न सक्दैन् । आज राज्य र समाजमा रहने शाषक र नागरिकहरूले भष्ट्र, अपराधी र अनैतिक काम नगर्ने र छोड्ने दिन हो । समय र परिणामले यही जनाउ दिइरहेको छ ।
सोझो बाटो हिडे काँडाले पनि चिर्थोदैन । यो उखान पुर्खाहरूले त्यसै बनाएका पक्कै होइनन । भोगाइ र देखाइबाट नै बनाइएका हुन् । आजका सन्तानहरू हामी सबैले यो बुझ्न जरूरी छ र भोलीका हाम्रा सबैका सन्ततिहरूलाई बुझाउन र देखाउन जरूरी छ । आखिर गलत कार्य गरेमा सधै हाम्रा सन्तति र सम्पतीले जोगाउन सक्दैनन् । हिजोको जस्तो आजको राज्य र समाजले त बचाउने प्रयास र भुल नै गर्नु हुदैन । जानी राखौ हरेक प्राणी, बस्तु, घटना र युगको अनिवार्य सिमा र आयु त पक्कै हुन्छ नै ।
वि.सं.२०७६ कात्तिक १९ मंगलवार ०८:५९ मा प्रकाशित