Sansar News- Nepal's Fast Khabar Online News Portal

उपनिर्वाचनका लागि नेकपाले लगायो उम्मेदवारको टुङ्गो

संसार न्यूज़
७ महिना पहिले
उपनिर्वाचनका लागि नेकपाले लगायो उम्मेदवारको टुङ्गो

१९ कार्तिक , कावासोती । नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपाले वडाध्यक्षका लागि खिमबहादुर थापा खरुमगरलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको छ ।

जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताए । खरुमगर बौदीकाली–५ नेकपाको वडा कमिटी सदस्यका रुपमा रहेका छन् । तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनलागेको हो ।

बाजुरा – त्रिवेणी नगरपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र नेपाली काङ्ग्रेसले सर्वसम्मत उम्मेदवार छनोट गरेका छन् ।

उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गरिएको दुवै पार्टीका नेताले जनाएका छन् । नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित खम्म नेपालीको २०७५ असार १३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन हुनलागेको हो ।

उपनिर्वाचनका लागि नेकपाले मनोज बुढालाई उम्मेदवार बनाएको छ भने नेपाली काङ्ग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ । पार्टीकै सर्वसम्मतिबाट पुरानै प्रतिस्पर्धी भएकाले बुढालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपाका सचिव भरत बुढाले बताए । तत्कालीन नेकपा (एमाले)बाट उम्मेदवार बनेका बुढा ३५ मतले पराजित भएका थिए ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…