back

सुडानी प्रधानमन्त्री डार्फरमा, युद्ध अपराधीमाथि कारवाही गर्न स्थानीयको माग

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

111 

shares
NTC AD
Global IME AD

१९ कार्तिक, सुडान । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताएका छन् ।

द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा डार्फरमा भएको छलफलपछि प्रधानमन्त्री हाम्डोकले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्रीका रुपमा पहिलो पटक डार्फर भ्रमण गरेका हाम्डोकले शिविरमा बसेका जनतासँग छलफल गरेका थिए । सन् २००३ मा शुरु भएको हिंसात्मक द्वन्द्वका कारण लाखौँको मृत्यु हुनुका साथै लाखौँ मानिस घरबारविहीन भएका छन् ।

प्रधानमन्त्री हाम्डोकले उत्तरी डार्फर राज्यको राजधानी अल–फासिर शहरका युद्धपीडितलाई पनि भेटेका थिए । यहाँ पनि दशौँ हजार मानिस वर्षौँदेखि अस्थायी शिविरमा बसिरहेका छन् । “हामी न्याय चाहन्छौँ, डार्फरका सबै अपराधीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाऊ” शिविरका मानिसले जोडजोडले चिच्याएका थिए ।

हाम्डोकले डार्फरमा शान्ति स्थापनार्थ सरकारले कार्य गरिरहेको बताएका थिए । भूगोलका दृष्टिबाट डार्फर क्षेत्र स्पेन देशभन्दा ठूलो छ । प्रधानमन्त्री हाम्डोकले भिडलाई सम्बोधन गर्दै भने, तपाईहरुले उठाएका मागहरुका बारेमा मलाई राम्रोसँग थाहा छ । तपाईहरुका माग सम्बोधन गर्न हामी सबैले मिलेर कार्य गर्नुको विकल्प छैन र डार्फरमा अवश्य दैनिक जीवन सामान्य हुनेछ ।

डार्फरमा अल्पसङ्ख्यक विद्रोहीहरुले तत्कालीन अरब–प्रभूत्वको ओमार अल–बासिरको सरकार विरुद्ध हतियार उठाएदेखि भिषण जातीय युद्ध चर्किएको थियो । बासिरको सरकारले डार्फरलाई आर्थिक तथा राजनीतिक रुपमा अवसरविहीन बनाएको विद्रोहीको आरोप छ ।

बासिरको सरकारले विद्रोहीलाई समर्थन गरेको भन्दै स्थानीयबासीमाथि बलात्कार, हत्या, लुटपाट र घरहरुमा आगजनी गरेको आरोप छ । राष्ट्रसङ्घका अनुसार यस द्वन्द्वमा करिब तीन लाख मानिस मारिएका थिए भने २५ लाख मानिस विस्थापित भएका थिए ।

वि.सं.२०७६ कात्तिक १९ मंगलवार ११:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...