back

निर्वतमान सभामुख महराका ‘रुममेट’ पूर्वआईजिपी र डिआईजी

वि.सं.२०७६ कात्तिक १९ मंगलवार

255 

shares
NTC AD
Global IME AD

१९ कात्तिक, काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजारस्थित सदर खोरमा राखिएको छ । उनलाई कागाराको ‘क’ ब्लकमा राखिएको छ । ‘क’ ब्लकमा पूर्व आइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआईजी रञ्जन कोइराला महराका ‘रुममेट’ रहेका छन् । ठकुरी र कोइराला बस्दै आएको कोठामा महरालाई राखिएको छ ।

ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा गत असारबाटै जेलमा रहेका छन् । उनलाई सर्वोच्च अदालतले १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको थियो ।

शसस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो ।

संसद सचिवालयकी एक कर्मचारीले आफूमाथि सभामुख महराले जर्बजस्ती गर्न खोजेको भन्दै मुद्धा हालेपछि असोज १९ गते महरालाई सभामुखको निवासबाटै पक्राउ गरिएको थियो । काठमाडौँ जिल्ला अदालतले सोमबार महरालाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई सदरखोर लगिएको थियो । सदरखोर धेरै भिआईपीहरु अभियुक्तहरुले धेरै रोज्ने कारागार हो । अन्यत्रभन्दा आफन्तहरुसँग भेटघाट सहज हुने भएकाले पनि धेरैले डिल्लीबजार कारागार रोज्ने गरेका हुन् ।
समाचार स्रोत : नयाँ पत्रिका दैनिक

वि.सं.२०७६ कात्तिक १९ मंगलवार १२:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...