Sansar News- Nepal's Fast Khabar Online News Portal

‘म हारेर पनि खुसिले गदगद छु’ – गोविन्दप्रसाद गौतम

संसार न्यूज़
५ महिना पहिले
‘म हारेर पनि खुसिले गदगद छु’ – गोविन्दप्रसाद गौतम

हालै काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा सहकोषाध्यक्षमा उम्मेदवारी दिएर विजय हासिल गर्न नसकेका गोविन्दप्रसाद गौतमले आफूले हारेको महशुस नगरेको बताएका छन् । सम्मेलनका क्रममा नेपाल आएर दशैँ तिहार तथा छठ पर्व मनाएर कर्मभूमि रुस फर्कने क्रममा दुबईको ट्रान्जिटमा रहेका बेला उनले सामाजिक सञ्जालमा उनले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् । आफू कुनै पार्टीको प्यानलबाट नलड्दा पनि धेरै साथीहरुको मायाको मत पाएको भन्दै उनले आफूलाई मत दिनेको मत खेरा जान नदिने र २ बर्ष पछि माथिल्लै पदमा उम्मेदवारी दिने बताएका छन् ।

उनले यस्तो लेखेका छन् :
१ महिना नेपाल बसेर पुःन मस्को फर्किने क्रममा अहिले दुबई ट्रान्जिटमा ५घंटा बिताउनु छ। तर मेरो मानसपटलमा हालै काठमाडौंमा सम्पन्न गैर आवासीय नेपाली संघको निर्वाचन र त्यस अन्तर्गतका हरेक क्षण, प्रत्येक परिघटना हरपल घुमिरहेका छन।

सबै कुरा लेख्दा सार्है लामो हुन्छ। छोटकरीमा यो निर्वाचनमा म बिजयी हुन सकिन। रसिया बाट अरु उम्मेदवारहरु पनि भएकोले कसैलाई असर नपार्ने गरि सानो पद सह कोषाध्यक्षमा उम्मेदवारी दिएको थिए।जबकि मेरा समकक्षीहरु यसको सर्वोच्च नेतृत्वमा पुगे र जुनियरहरु पनि माथिल्लो पदमा छन। मैले भने बिस्तारै बिस्तारै अघि बढ्ने रणनीति अवलम्बन गरेको थिए।

गैर आवासीय नेपाली संघमा मेरो निरन्तरता र त्यसमा मेरो सकृयता र योगदानको आधारमा राजनैतिक पार्टीको ह्विपलाइ लत्ताउदै मलाई मतदान गर्नुहुने संसारभरीका आत्मिय गैरआवासीय नेपाली साथीहरूलाइ पुःन दुबई ट्रान्जिटबाट हार्दिक धन्यवाद र आभार ब्यक्त गर्दै के भन्न चाहन्छु भने यो अभियानमा म हारेको छैन हजुरहरुको मत खेर गएको छैन।

म कुनै पार्टीको र प्यानलको उम्मेदवार नभई एक स्वतन्त्र उम्मेदवार हुँदा र आर्थिक बिसंगति कत्ति पनि न अगाल्दा संसार भरीका ८५२ जना बिवेकशिल र चेतनशील गैर आवासीय नेपालीको मत पाउदा हारेर पनि खुसिले गदगद छु। यो अभियानमा मेरो क्षमता र लगनशीलता ह्रास हुने छैन फेरि २बर्ष पछि अलि माथिल्लै पदमा उम्मेदवारी दिनेछु सहयोग गर्नुहोला।

भवदिय
गोविन्द प्रसाद गौतम
दुबई ट्रान्जिट
५ नोभेम्बर २०१९

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…