Sansar News- Nepal's Fast Khabar Online News Portal

गृहमन्त्रीका सल्लाहकारद्वारा काँग्रेसप्रति कटाक्ष

संसार न्यूज़
२ हप्ता पहिले
गृहमन्त्रीका सल्लाहकारद्वारा काँग्रेसप्रति कटाक्ष

१९ कात्तिक । गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सुर्य सुवेदी पथिकले नेपाली काँग्रेसलाई कडा कटाक्ष गरेका छन् । काँग्रेसले ईट्टा भट्टामा जिउँदो मानिस जलाएर मारेको आरोप लागेका मोहम्मद आलम जस्तो व्यक्तिलाई बचाउन दिएको अभिव्यक्तिप्रति उनले काँग्रेसप्रति यस्तो कटाक्ष गरेका हुन् ।
आलमले गरेका अपराधका क्रुन्दन देशका सबै नागरिकको कानमा गुञ्जिरहेको भन्दै अब उनी कुनै हालतमा पनि उम्कन नपाउने कुरा इंगित गरेका छन् ।
सुवेदीले लेखेका छन् :
“हिजो तिमिले यो सबै नौटन्की हो उ राज्यशक्तिको दुरुपयोग गरेर सजिलै उम्किन्छ भन्यौ ।
आज फेरि राज्यशक्तिको चरम दुरुपयोग गरेर उसलाइ निर्ममतापुर्वक फसाइयो भन्दै छौ।
के भएको लोकले राम्रैसंग महशुस र मुल्यांकन गरिरहेको छ।
हामी उस्को त्यति त गल्ती र अपराध होइन भन्दा भन्दैपनी अहस्तक्षेपकारी नीति लियौं । स्वतन्त्र निर्णय गर्न दियौं ।
तर तिमि !
तिमिले हिजो हिजो तिमिले आज बर्बराइरहे जसरी चलाएकै हौ। ?
आज रौतहटको चिम्नी र जीउँदै मान्छेको क्रन्दनको स्वर नेपालभरी गुन्जिरहेको छ। कतिसम्म हुँदो रहेछ कति ठुला ठुला हस्तिहरु अपराध र अपराधी बचाउन के सम्म हर्कत हुँदा रहेछन । अब बयान इहलोकमा रहेकासँग लिएर मात्र नहुने देखियो परलोक पुगेकालाई पनि एकपटक सोध्नै पर्ने देखियो।”

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…