Sansar News- Nepal's Fast Khabar Online News Portal

लिफ्ट सिँचाइले किसानको आय बढ्यो

संसार न्यूज़
७ महिना पहिले
लिफ्ट सिँचाइले किसानको आय बढ्यो

२० कात्तिक, दाङ, तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ४६ वर्षीय पूर्णबहादुर चौधरीले तोरी, चना र केराउ खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । “तीन वर्ष पहिले नौ बिघा जग्गामा तोरी चना र केराउखेती गर्दथेँ तर उत्पादन निकै कम हुन्थ्यो । लिफ्ट सिँचाइले गर्दा गत वर्ष सोही जमीनमा तोरी, चना र केराउखेती गर्दा त्यसबाट १० गुणा बढी उत्पादन भयो र त्यसबाट धेरै आम्दानी लिन सफल भएँ अहिले पनि खेती राम्रो भएकाले आम्दानी अझै बढी हुनेमा ढुक्क छु”, उनले भने ।

चौधरीले अहिले नौ बिघा जमीनमध्ये पाँच बिघामा तोरी र अन्यमा केराउ तथा चनाखेती गरेका छन् । बेमौसममा सोही जग्गामा पुनः तरकारीखेती पनि गर्ने गरेको उनले जानकारी दिए ।

“कृषि पेशा अङ्गालेको छु राजनीति पनि गर्दछु अहिले निर्वाचित वडासदस्य पनि हुँ । घरपरिवाका सदस्यसँगै आफू पनि घरमा बिहान बेलुका काम गर्दछु । दिउँसो जनप्रतिनिधि भएकाले वडाको काममा व्यस्त हुन्छु”, चौधरीले भने ।

“गाउँ नजिकै बबई नदी भए पनि सिँचाइको अभावका कारण पहिला मुस्किलले एकै याममा मात्र खेती गरिन्थ्यो, आम्दानी पनि खासै नहुँदा परिवारलाई खानमात्र पुग्थ्यो तर अहिले लिफ्ट सिँचाइ आयोजनाले गर्दा सजिलो भएको छ । सिँचाइका लागि सौर्य ऊर्जा र विद्युत् दुवै जडान गरेका छौँ, आम्दानी राम्रै भएकाले घरखर्च चलाएर कम्तीमा पनि वार्षिक सात लाखसम्म आम्दानी हुन्छ”, उनले भने ।

यसपटक त धान काट्ने र जोत्ने उपकरण समेत प्रदेश सरकारले दिएकाकाले खेती गर्न सहज हुनाका साथै उत्पादन पनि बढेको छ । पहिला वर्षमा एउटै मात्र खेती हुने मटेरिया गाउँमा अहिले बाह्रै महिना खेती हुने भएकाले अहिले सो गाउँ पकेट तरकारीखेतीका रुपमा चिनिएको छ ।

सोही गाउँकी ४० वर्षीया अष्टुमी चौधरीले तोरी तथा तरकारी खेतीबाट आफू आत्मनिर्भर भएको बताए । यसपटक तीज, दशैँ, तिहारको समयमा गोलभेँडा, फूल काउली र धनिया बिक्री गर्दा रु डेढ लाखसम्म आम्दानी भएको जानकारी दिँदै उनले तोरी तथा तरकारीखेतीबाट सबै खर्च कटाएर वार्षिक रु पाँच लाखसम्म बचत गर्न सफल भएको बताए ।

सरकारले आफूहरुले उत्पादन गरेको तरकारी तथा तोरी, दालको मूल्य तोकिदिए राम्रो हुने अष्टुमीको भनाइ थियो । यी दुई मात्र होइन मेटेरा गाउँका १४० घर घुरीले लिफ्ट सिँचाइ योजनाबाट त्यहाँ तोरी, तरकारी, धानखेती गरिरहेका छन् ।

गाउँबाट नै बग्ने बबई नदीको पानीलाई करीब ६०० मिटर लामो रहेको लिफ्ट सिँचाइ आयोजनाबाट पानी तानिएको छ । सो पानी त्यहाँको करीब दुई सय बिघा जमीनमा सिँचाइ सुविधा पुगेकामा १२० थारु समुदाय र २० घर अन्य समुदायले सो पानी सिँचाइका लागि प्रयोग गरेका छन् । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…