Sansar News- Nepal's Fast Khabar Online News Portal

फलफूलका बिरुवा बिक्री

संसार न्यूज़
७ महिना पहिले
फलफूलका बिरुवा बिक्री

२० कात्तिक, बैतडी । बैतडीबाट यो वर्ष हिउँदे फलफूलका बिरुवा बिक्री गरिने भएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरी र किसानको निजी नर्सरीबाट एक करोड ६ लाखका बिरुवा बिक्री हुने केन्द्रका प्रमुख डम्मर भाटले जानकारी दिए ।

केन्द्रमा ३१ हजार ९०० बिक्रीयोग्य बिरुवा रहेका छन् । किसानको निजी नर्सरीमा रु ९७ लाख ५६ हजार २५० बराबरका तीन लाख १९ हजार बिरुवा छन् । केन्द्रबाट मात्रै नौ लाख ६० हजारका बिरुवा बिक्री गर्ने तयारी भएको प्रमुख भाटको भनाइ छ ।

केन्द्रको नर्सरीमा नासपाती, स्याउ, ओखर, आरु, खुर्पानी, कटुसलगायतका सुख्खा फलफूलका बिरुवा राखिएका छन् । यस्तै २२ वटा निजी नर्सरीमा पनि किसानले ओखर, स्याउ, नासपाती, खुर्पानी, आरुबखडालगायतका बिरुवा राखेका छन् ।

बैतडीमा उत्पादित फलफूलका बिरुवा सुदूरपश्चिमका साथै देशका अन्य भू–भागमा पनि बिक्री गर्ने गरिएको केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए । दशरथचन्द नगरपालिका–१ र सुर्नया गाउँपालिका–२ मा मात्रै फलफूलका २२ निजी नर्सरी छन् । नर्सरीबाट उत्पादित फलफूलका बिरुवाबाटै किसानले राम्ररी जीविकोपार्जन गरिरहेका प्राविधिक खड्काको भनाइ छ । फलफूलका नर्सरीबाट आफूले वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्ने गरेको किसान देवदत्त भट्टले बताए । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…