Sansar News- Nepal's Fast Khabar Online News Portal

सन्राइज बैंकले जारी गरर्याे रु. ३ अर्ब रकम बराबरको ऋणपत्र

संसार न्यूज़
७ महिना पहिले
सन्राइज बैंकले जारी गरर्याे रु. ३ अर्ब रकम बराबरको ऋणपत्र

२० कार्तिक, काठमाडौँ । सन्राइज बैंकले रु ३ अर्ब रकम बराबरको ऋणपत्र जारी गरेको छ ।

बैंकले रु १,००० अकिंत दरको सातवर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी ३ अर्ब रकम बराबरको ऋणपत्र कार्तिक २० गतेदेखि निष्काशन गर्न लागेको हो ।

निष्काशन चाँडोमा कार्तिक २४ गते र ढिलोमा मसिंर १९ गतेसम्म खुल्ला गरिने पनि बैंकले बताएको छ ।

रु. ३ अर्व मध्ये १२,००००० कित्ता बराबरको रु १,२०,००००० ( एक अर्ब बीस करोड रुपैयाँमात्र) को ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा १८,००००० कित्ता बराबरको एक अर्ब असी करोड रुपैयाँ मात्र ऋणपत्र परिपत्र विधिबाट संस्थागत \ व्यक्तिहरुलाई बिक्री खुला गरिएको हो ।

सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुको साथै बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा पनि लिन सकिने विज्ञप्तीमा जनाइएको छ ।

Care Rating Nepal Limited ले न्युन कर्जा जोखिम “CARE NPA-”(”रेटिङ्गप्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

सन्राइजले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा,८ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको पनि बताइएको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…