Sansar News- Nepal's Fast Khabar Online News Portal

तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

सिन्ह्वा
७ महिना पहिले

२० कार्तिक, अफगानिस्तान ।  अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।

स्थानीय प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको जानकारी दिए । फरहादका अनुसार तालिबान समूहले सदरमुकामका विभिन्न स्थानबाट बन्दुक र ग्रिनेड सहित बिहान करिब ४ बजे आक्रमण गरेका थिए ।

फरहादले तालिबान विरुद्ध सुरक्षाफौजले जवाफी कारबाही गरेको जानकारी दिए । यसक्रममा केही सुरक्षाकर्मी घाइते भएका छन् । अफगान फौजको कारबाहीमा धेरै तालिबान बिद्रोहीको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

सामान्यतया शान्तिपूर्ण रहेको उत्तरी विकट हिमाली यस प्रान्तमा पछिल्लो समय तालिबान आक्रमण बढेको छ । खासगरी अफगान सुरक्षाफौजले विद्रोही विरुद्ध कारबाही तिब्र बनाउन थालेपछि हिंसात्मक घटना बढेको अधिकारकर्मीहरुको भनाई छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…