back

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

वि.सं.२०७६ कात्तिक २० बुधवार

120 

shares
NTC AD
Global IME AD

२० कार्तिक, थाइल्याण्ड । दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ । स्थानीयबासी र अधिकारकर्मीहरुले सैनिक कानुनका कारण स्थानीयबासीले कठिनाई भोग्नु परेको बताउँदै आएका छन् ।

गत मङ्गलबार विद्रोहीहरुले याला प्रान्तका दुई वटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
आक्रमणकारीले एम–१६ राइफल र सटगन समेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तिब्र बनाएको बताए ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताएकोे रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गरे ।

मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेको वर्षौं भइसकेको छ । यो क्षेत्र एक सय वर्षभन्दा अघि थाइल्याण्डले अधीनस्थ गरेको थियो ।

वि.सं.२०७६ कात्तिक २० बुधवार १४:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...

जापानी मुद्रा गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने जापानको भनाई

जापानी मुद्रा गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने जापानको भनाई

जापान । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई...

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको...

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

कुन्मिङ, चीन । चीनको युनान प्रान्तको जङ्गलमा शुक्रबारदेखि लागेको डढेलोलाई...

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

ह्युस्टन (अमेरिका) । अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल...

हरियाणामा स्कुल बस दुर्घटना, छ जना बालबालिकाको मृत्यु

हरियाणामा स्कुल बस दुर्घटना, छ जना बालबालिकाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना...