Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल र युएई भिड्दै

संसार न्यूज़
२ हप्ता पहिले
नेपाल र युएई भिड्दै

२० कार्तिक, काठमाण्डौं । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ ।

इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ बजे शुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, युएई र इरान रहेका छन् । नेपालले दोस्रो खेल इरानसँग २२ गते र तेस्रो खेल २४ गते कीर्गिस्तानसँग खेल्नेछ ।

नेपाली टोलीको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नवीन गुरुङ, रोशन डोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन् ।

त्यसैगरी मिडफिल्डरमा दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेम्जन तथा फर्वाडमा मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर छन् । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…