Sansar News- Nepal's Fast Khabar Online News Portal

हुने भयो हुवास-लुंखू सडक कालोपत्रे

संसार न्यूज़
२ हप्ता पहिले
हुने भयो हुवास-लुंखू सडक कालोपत्रे

२० कात्तिक, काठमाण्डौं । पर्वतको हुवास–लुंखू सडक कालोपत्रे हुने भएको छ ।  उक्त योजनाको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुधबार शिलान्याश गरेका हुन् ।

र्वतको मध्यक्षेत्रको लागि लाइफलाइन मानिएको उक्त सडक सञ्जाल सुधार आयोजनाको काम विहिबादेखि सञ्चालन हुने बताइएको छ ।
कुश्मादेखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भइसकेको छ । साथै लमायखोलादेखि लुंखुसम्मको १३ किलो मिटर सडक कालोपत्रे गर्ने काम भइरहेको तथा लुंखु–देउरालीदेखि हुवास सडक खण्डमा पनि कालोपत्रे हुने भएपछि कुश्मादेखि दक्षिण पर्वतको हुवासलाई कालोपत्रे सडकले जोड्ने छ ।

महाशिला गाउँपालिकाको आयोजनामा आयोजित उक्त शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन तथा बनमन्त्री विकास लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख यम कुमारी राना, पूर्वसांसद कल्पना चापागाईँ, नेकपाका नेताद्धय जयनारायण तिवारी र मित्रलाल वस्याल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुन्दर भुसाल, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, पैँयूगाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जशमति गुरुङ, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लको उपस्थिति रहेको थियो ।

त्यस्तै पैंयु गाउँपालिका वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठ, वडा नं ६ का अध्यक्ष थानेश्वर तिवारी, वडा नं ३ का अध्यक्ष विष्णु काफ्ले र महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरी, वडा नं १ का अध्यक्ष इश्वरी भुसाल, पैयु गाउँपालिका वडा नं ३ का अध्यक्ष विष्णु काफ्ले र वडा नं ५ का अध्यक्ष उमाकान्त भुर्तेल (राजु), पैयु गाउँपालिकाका नेकपाका अध्यक्ष चोकलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

छिमेकी स्थानिय तहका प्रमुख तथा अध्यक्षहरू उपाध्यक्षहरु, जिल्ला प्रमुख अधिकारी लगायत अन्य जनप्रतिनिधी, कर्मचारी तथा स्थानिय बासिन्दाको उपस्थित रहेको छ । उक्त अबसरमा अबको दुई वर्षमा कालोपत्रेको काम पूरा हुने समेत बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…