Sansar News- Nepal's Fast Khabar Online News Portal

सन्राइज बैंकले रु.३ अर्बको ऋणपत्र जारी गर्दै

संसार न्यूज़
२ हप्ता पहिले
सन्राइज बैंकले रु.३ अर्बको ऋणपत्र जारी गर्दै

१९ कात्तिक । सन्राइज बैंक लिमिटेडले सर्वसाधारणका लागि रु.३ अर्ब रकम बराबरको ऋणपत्र (Debenture) निष्काशन गर्दैछ ।

बुधबार २०७६/७/२० गते देखि निष्काशन हुने उक्त ऋणपत्र रु.१,००० अंकित दरको सातवर्ष भुक्तानी अवधि भएको वार्षिक १०।२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी चाडोमा २०७६/७/२४ गते र ढिलोमा २०७६/८/१९ गते सम्म निष्काशनका लागि खुल्ला रहनेछ । रु.३ अर्ब मध्ये १२,००,००० कित्ता बराबरको रु.१,२०,००,००,०००  (अक्षरुपी एक अर्ब बीस करोड रुपैँया मात्र) को ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन(Public Issue) को माध्यमबाट बिक्री गर्नको लागि तथा १८,००,००० कित्ता बराबरको रु.१,८०,००,००,०००  (अक्षरुपी एक अर्ब अस्सी करोड रुपैँया मात्र) ऋणपत्र(Debenture)  परिपत्र विधिबाट(Private Placement) संस्थागत/व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिेएको हो ।

सिदार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । Care Rating Nepal Limited ले न्युन कर्जा जोखिम “CARE NPA-” रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई रु ८ अर्ब १५ करोड चुक्तापूँजी रहेकोमा बैंकको १२ औं साधारण सभाबाट १० प्रतिशत बोनस शेयर पारित भइसकेकाले हाल चुक्ता पूँजी रु. ८,९६७, ८११,४३८ कायम भएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यसहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा,८ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…