Sansar News- Nepal's Fast Khabar Online News Portal

गलकोटमा निशुल्क आँखा शिविरबाट २ सय ४४ जना लाभान्वित

संसार न्यूज़
१ हप्ता पहिले
गलकोटमा निशुल्क आँखा शिविरबाट २ सय ४४ जना लाभान्वित

१९ कात्तिक, बागलुङ । गलकोट नगरपालिका ७ मल्ममा १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।

मल्म सप्ताहघाटमा सञ्चालन भएको शिविरमा २ सय ४४ जनाले निशुल्क आँखा चेक जाँच गराएका छन । शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए । शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यक्रिया गर्न विरामीलाई सुझाव दिईएको विशेषज्ञ खत्रीले बताए। त्यस्तै दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चश्मा वितरण गरिएको छ भनें अन्य सामान्य समस्या भएकाहरुलाई आवश्यक औषधी निशुल्क प्रदान गरिएको थियो ।

ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निशुल्क आँखा शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । शिवर सञ्चालनको लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेत हाल जापानमा कार्यरत दिदी भाई सुवास खत्री र शोभा खत्रीले प्रायोजन स्वरुप नगद रु २० हजार सहयोग प्रदान गरेका थिए ।

शिविर गलकोट नगरपालिका वडा नं ७ को समन्वय र गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्य रहेको थियो । सामाजिक संस्थाले स्थानिय स्तरमा निशुल्क शिविर सञ्चालन गरिनुले आम नागरिकको आँखा जस्तो संवेदनसिल अंगको लागि परोपकारी काम भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । घर आँगनीमा निशुल्क आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन ।

निशुल्क स्वास्थ्य शिविरमा मल्म स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आवश्यक सहयोग गरेका थिए । शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री, अप्टिसियन उदय खडका र व्यवस्थापनमा सहयोग पुराएका सन्त बहादुर खत्रीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…