Sansar News- Nepal's Fast Khabar Online News Portal

कालापानी नेपालकै हो, एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने

संसार न्यूज़
२ हप्ता पहिले
कालापानी नेपालकै हो, एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने

१९ कात्तिक । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनैतिक नक्सामा नेपालका केही भूभाग पनि समेटेको भन्ने खबर बारे सरकारले अन्ततः मुख खोलेको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गर्दै भारतको नयाँ रानैतिक नक्सामा परेको भनिएको नेपाली भूभाग कालापानी नेपालकै भएको स्पष्ट पारेको छ ।

भारत सरकारद्वारा जारी नयाँ राजनैतिक नक्सामा कालापानीका साथै लिपुलेक र लिम्पियाधूरा पनि समेटिएको भन्दै आम नागरिकले त्यसबारे टिकाटिप्पणी गरेको भए पनि सरकारले कालापानी बारे मात्र बोलेको छ । टिकाटिप्पणीप्रति नेपाल सरकारले ध्यानार्षण भएको जनाउँदै कालापानी क्षेत्र नेपालकै भएको बताएको हो ।

दुई देश बीचको सीमा सम्बन्धीका विवादहरु ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्नेमा नेपाल सरकार दृढ रहेको कुरा स्पष्ट पारिएको छ ।

सीमा सम्बन्धका समस्याहरुको समाधानका लागि दुवै देशको प्राविधिकहरुको सल्लाहमा परराष्ट्र सचिवहरुले काम गर्न सक्ने गरी जिम्मेवारी दिइएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा आधिकारीक व्यक्तिको नाम उल्लेख नहुँदा यो नेपाल सरकारको नभै फेक भएको आशंका धेरैबाट आएको छ तर परराष्ट्र मन्त्रालयले समेत यो विज्ञप्तीलाई आफ्नो फेसबुकमा राखेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…