Sansar News- Nepal's Fast Khabar Online News Portal

कतारस्थित नेपाली दूतावासको जरुरी सूचना

संसार न्यूज़
१ हप्ता पहिले
कतारस्थित नेपाली दूतावासको जरुरी सूचना

१९ कात्तिक, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि पुनः श्रम स्वीकृति लिने प्रक्रियामा कठिनाइ उत्पन्न भएको भन्दै वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा कतारमा कार्यरत नेपालीहरुको जानकारीका लागि सूचना जारी गरेको छ ।

कमदारहरुका भिषा, कम्पनीसँग भएको सम्झौता तथा नेपालस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत कार्यालयबाट जारी हुने निजहरुको श्रम स्वीकृति सम्बन्धी विवरणमा पेशा लगायतका विवरणमा एकरुपता नहुँदा आवश्यक काजगातको अभावमा पुन श्रम स्वीकृति दिन असम्भव देखिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा कतारस्थित नेपाली दूतावासले सूचना जारी गरेको हो ।

सूचनामा आफू कार्यरत कम्पनीमा काममा पुनः फर्कने गरी बिदामा नेपाल जाने नेपालीहरुको हकमा बिदामा जानुपूर्व रोजगार, करार सम्झौतापत्र, कतारी भिषा र आई डिमा उल्लेख भएको पेशा खास गरी ड्राइभर/अपरेटर जस्ता पेशा भएकाहरुले आफ्नो प्राविधिक दक्षता तथा सीपसँग मिल्ने प्रमाणपत्र अनिवार्य रुपमा साथमा लिएर मात्र बिदामा जान भनिएको छ ।

हल कार्यरत पेशा र रोजगार करार सम्झौता वा कतारी आइडिमा उल्लेख भएको पेशा फरक परेको भए बिदामा नेपाल जानु अघि आफू कार्यरत कम्पनीलाई अनुरोध गरी आफ्नो पेशा बमोजिमको काजगात बनाएर मात्र नेपाल भ्रमण गर्न अनुरोध गरिएको छ ।

 

 

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…