Sansar News- Nepal's Fast Khabar Online News Portal

सेयर बजारमा सुस्तता आउँदा घाटा कसलाई ?

संसार न्यूज़
२ हप्ता पहिले
सेयर बजारमा सुस्तता आउँदा घाटा कसलाई ?

नेपाली शेयर बजार १ वर्षदेखि निरन्तर ओरालो लागि रहँदा लगानीकर्तामा वितृष्णा पलाएको छ । यसले लगानीकर्तालाई घाटा त छँदैछ साथै शेयर कारोबारमा गिरावट आउँदा अन्य कुन कुन क्षेत्रलाई असर पर्दछ भन्ने बारे शेयर कारोबारबारे जानकार रोहन शर्माले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार प्रस्तुत गरेका छन् ।
उनले लेखेका छन् :
लगानीकर्तामा वितृष्णा पलाउँदा, सेयर बजारमा सुस्तता आउँदा, कारोबार रकममा भारी गिरावट आउँदा घाटा कसलाई ?
१) लगानिकर्ता बिकल्प खोज्न बाध्य भई बजारबाट पलायन हुन्छन्।
२) कारोबारमा कमी आउँदा सेयर ब्रोकरहरुको आम्दानीमा भारी गिरावट हुन जान्छ।
३) नेप्से, सिडिएस, धितोपत्र बोर्डको आम्दानीमा गिरावट आउँछ।
४) लगानिकर्ताको नाफाबाट सुती सुती कर असुली गर्ने सरकारले असुली गर्ने करमा गिरावट हुन जान्छ।
५) धितोपत्र ब्यवसायी तथा कारोबारी सँस्थामा रोजगारी कटौती हुँदा रोजगारीमा असर पर्छ।
६) सबै भन्दा महत्वपुर्ण कुरा बिश्वाब्यापी रुपमा अर्थतन्त्रको ऐना मानिने सेयर बजारको अवस्था कमजोर देखिंदा समग्र मुलुकको साखमा नकारात्मक असर पर्दछ।
७)  पछिल्लो समय प्राथमिक बजारप्रतीको समेत अबिश्वाशको कारण धितोपत्र निश्काशनकर्ता र प्रत्याभुतीकर्तालाई समेत १०४ डिग्रीको ज्वरो आएको पाईन्छ। सायद यो ज्वरोले नेपालको ईतिहासमै पहिलो पटक उनिहरुलाई थला पारेको छ। फलत लगानिकर्ताको गुरु मन्त्र आईपोमा कदापी घाटा हुँदैनू भन्ने मन्त्र डेट एक्स्पाएर औषधी झैं भएको छ।

तसर्थ सरकार देखी बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने सबै एउटै छाना मुनी रहेको हुँदा बजारको प्रतिकुल अवस्थामा कसैलाई पनि फाईदा हुँदैन।

हाम्रो मुख्य समस्या भनेको Communication Gap नै हो। निती निर्माता तहबाट कुनै पनि निती नियम कार्यान्वयनको अवस्थासम्म आईपुग्दा बिरालोको पनि सिङ उम्रने अथवा भएको साँढे को पनि सिङ हराउने अवस्था सृजना हुन गएको पाईन्छ। जसको ज्वलन्त उदाहरणको रुपमा बजारको पछिल्लो समस्याको जड भारित औसत लागत तथा अर्थ समितीको अध्यानको क्रममा रहेको बैंकलाई ब्रोकर लाईसेन्सको बिषयलाई लिन सकिन्छ।

पुनश्च : एक हप्तामै समाधान गरिने भनिएको भारित औसत लागत गणना बिधी आज तीन महिना भईसक्दा पनि झन् गंजागोल भएर लगानीकर्ताको लागी भार बनेको छ भने सेयर कहाँ किनबेच गरिन्छ भनेर प्रश्न गर्ने सेयरको बारे अति नै कम जानकारी भएको मानानीयलाई अध्यान समितीको संयोजक बनाईएको छ। दुई महिनामै प्रतिवेदन बुझाउने भनिएकोमा दुई महिनासम्म एक पटक पनि बैठक नबसेको समितीलाई चाहिं कसले सचेत, निगरानी र कारवाही गर्ने ? के डाढु पन्यौ हातमा लिने भान्छे सम्बिधान भन्दा माथी हो ?

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…