back

राजधानी मै ज्यानमारा प्रदुषण

वि.सं.२०७६ कात्तिक २० बुधवार

189 

shares
NTC AD
Global IME AD

२० कात्तिक काठमाडौं । जाडो याम सुरु भएसँगै प्रत्येक बर्ष झैं देखिने प्रदुषणको मात्रा यो बर्ष पनि देखिन थालेको छ । वातावरण बिभागको तथ्याङ्क अनुसार बुधबार राती ८.४५ बजे राजधानीको रत्नपार्क तथा आसपासको क्षेत्रमा प्रदुषणको मात्रा १७२ माईक्रो ग्राम प्रति घनमिटर देखिएको छ ।

 

विज्ञहरुका अनुसार विशेषगरि राजधानी काठमाडौंमा देखिने प्रदुषण मानिसहरुका लागि निकै नै हानिकारक पाईएको छ । प्रदुषण मापदण्ड उल्लङ्घन गर्दै सन्चालन हुने सवारी साधनले निकाल्ने धुवाँ, इटाभट्टाबाट निस्कने धुवाँ र प्लास्टिक जन्य फोहर बालेर निस्कने धुवाँ र यससंगै निस्कने बिभिन्न हानीकारक रसायनका कारण यहाको वातावरण एकदमै प्रदुषित भएको हो ।

 

संयुक्त राष्ट्रसंघको मापदण्डमा प्रदुषणको अधिकतम मात्रा २५ माइक्रोग्राम प्रति धनमीटर र नेपालको राष्ट्रिय मापदण्ड ४० माईक्रो ग्राम प्रति घनमीटर हो । यो अबस्थालाई विष्लेषण गर्दा अहिले राजधानी लगायतका ठाउँहरुमा ज्यानमारा प्रदुषणको मात्रा देखिएको छ । त्यस्तै सोहि समयमा नेपालगञ्जमा २४१ माईक्रो ग्राम प्रति घनमीटर देखिएको छ । जुन राजधानी काठमाडौंको तुलनामा निकै बढी हो ।

विज्ञहरुका अनुसार विशेषगरि राजधानी काठमाडौंमा देखिने प्रदुषण मानिसहरुका लागि निकै नै हानिकारक पाईएको छ । प्रदुषण मापदण्ड उल्लङ्घन गर्दै सन्चालन हुने सवारी साधनले निकाल्ने धुवाँ, इटाभट्टाबाट निस्कने धुवाँ र प्लास्टिक जन्य फोहर बालेर निस्कने धुवाँ र यससंगै निस्कने बिभिन्न हानीकारक रसायनका कारण यहाको वातावरण एकदमै प्रदुषित भएको हो ।

काठमाडौं उपत्यकाको हकमा बाह्रै महिना प्रदुषणको उच्च जोखिम रहेको विज्ञहरुले बताएका छन । यहाँको बायूमण्डलमा पार्टीकुलर मेटर २.५ को मात्रा अत्याधिक पाइने गरेको छ । यसको अर्थ हावमा रहने धुलोको कणको आकार २.५ माइक्रो मीटर बराबरको छ । यस्तो धुलोको कणलाई सामान्य आँखाको सहायताले देख्न कठिन हुने गर्दछ । यस्तो धुलोका कणहरु स्वास प्रस्वासको माध्यमबाट सोझै मानब शरिरमा प्रबेस गर्दछ र मनिहरुलाई बिभिन्न रोग लाग्दछ । यो धुलोक कणहरुलाई सामान्य मास्कले पनि नछेक्ने चिकित्सकहरुले बतााएकाछन ।

यहाँको हावामा नाइट्रेक्स, लिड, कार्बनमोनोअक्साइड जस्ता घातक रसाएनहरु पनि पाईएको बताइन्छ । काठमाडौं जस्तो बढी सवारी साधनको चापष् भएको र उद्योगधन्दा बढी भएको स्थानहरुमा अत्याधिक प्रदुषण देखिएकोले भरसक साँझ र विहान कम हिंडडुल गर्न बिज्ञहरुले सुझाएका छन ।

वि.सं.२०७६ कात्तिक २० बुधवार २२:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...