Sansar News- Nepal's Fast Khabar Online News Portal

उपनिर्वाचनको तयारी पूरा, प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको मनोनयन आज

संसार न्यूज़
७ महिना पहिले

२१ कार्तिक , काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मसिंरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए ।

‘आयोगले उपनिर्वाचनको तयारी सकेको छ , अब निर्वाचन कार्यान्वयनको क्रममा आयोग अगाडि बढ्यो,’ प्रमुख आयुक्त थपलियाले भने ।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन हेर्दा सामान्य र सानाजस्तो देखिएपनि राजनीतिक अर्थ र महत्व बोकेको निर्वाचनको महत्व भने व्यापक रहेको भन्दै खर्चका हिसावले समेत उपनिर्वाचन महँगो हुने बताए ।

‘उपनिर्वाचन हेर्दा सानो जस्तो छ, मतदाता पनि थोरै छन् तर यसको महत्व राजनीतिक हिसाबले ठूलो छ, खर्चका हिसाबले पनि उपनिर्वाचन महँगो पर्ने देखिन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा भने । उनले उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध रहेको समेत बताए । बिहीबारको राजधानी दैनिकबाट

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…