Sansar News- Nepal's Fast Khabar Online News Portal

मलेसियामा नककली नेपाली पासपोर्ट लाखमा

संसार न्यूज़
७ महिना पहिले

२१ कार्तिक, काठमाडौँ । विदेशमा नक्कली नेपाली पासपोर्ट बन्ने गरेको तथ्य फेला परेको छ ।

मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ । ‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन् ,’ अध्यागमन विभागले भनेको छ ।

गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकका पृष्ठ उस्तै छन् । तर सिलाई नक्कली छ । रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौँ आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन् ।

उनीहरुले बोकेको पासपोर्ट आशंका गरिएपनि मेसिनले रिड गरेको थियो । विमानस्थल कार्यालयले अध्यागमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो । पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करिब एक लाख रूपैयाँ) तिररे किनेको बयान दिएका छन् । बिहीबारको अन्नपूर्ण पोस्ट्बाट

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…