Sansar News- Nepal's Fast Khabar Online News Portal

महराको बारेमा पहिलोपटक मुख खोल्दै यस्तो भने प्रचण्डले

संसार न्यूज़
७ महिना पहिले
महराको बारेमा पहिलोपटक मुख खोल्दै यस्तो भने प्रचण्डले

२१ कात्तिक, दाङ । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका निर्वतमान सभामुख कृष्ण बहादुर महरा बारे उनकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पहिलोपटक सार्बजनिकरुपमा मुख खोलेका छन् ।

बुधबार दाङ पुगेका नेकपाका अध्यक्ष दाहालले महराले अपाराधिक गल्ती नभएर नैतिक खालको गल्ती गरेको बताएका छन् । नैतिक खालको गल्ती आचरण सम्बन्धी गल्ती भएको समेत उनले बताएका छन् ।

प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले महराले आफूलाई ढाटेको कारण झन समस्यामा परेको समेत भन्न भ्याए । ‘उहाँले मोरल गल्ती गर्नु भएकै थियो, मलाई ढाट्नु अँझ अर्को ठूलो गल्ती गर्नुभयो । उहाँको यो कदमले उहाँमाथिको स्थिति झनै जटिल बन्न गएको छ ।’

तत्कालीन सभामुख महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाही सम्बन्धी समाचार बाहिरीएपछि आफूलेनै पहिले चासो राख्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र जोग बहादुर महरालाई बुझ्न पठाउँदा महराले झुट बोलेको पनि उक्त पत्रकार सम्मलेनमा प्रचण्डले बताएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेर आफै भेट्न जाँदा पनि महराले सत्य कुरा बताउन नचाहेको बताएका छन् । ‘मैले जे हो, त्यो भन्नुस् चिजहरु बडो जटिल तरिकाले आएको छ भने, यद्यपी उहाँले साँचो कुरा त्यहाँ पनि सुरुमा बताउन चाहानु भएन ।’ अध्यक्ष दाहालले भने ।

दाहालले महराले आफ्नो गल्ति स्वीकारेर कानुनी कारबाही भोग्न आग्रह गर्दै राष्ट्रकै शुसासनको लागि आवस्यक छ भन्ने महसुस गर्न समेत आग्रह गरेका थिए ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…