Sansar News- Nepal's Fast Khabar Online News Portal

गरे के हुँदैन स्वदेशमा ? बाख्रा बेचेरै मासिक १ लाख आम्दानी

संसार न्यूज़
२ हप्ता पहिले
गरे के हुँदैन स्वदेशमा ? बाख्रा बेचेरै मासिक १ लाख आम्दानी

२१ कार्तिक, वालिङ । वालिङका एक युवाले बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् ।

झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाएका चापाकोट-४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थालेका बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहेका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा फर्केर व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय थालेका हुन् ।

विसं २०७० चैतमा ‘कालिका बाख्रा फार्म’ दर्ता गरी सञ्चालनमा ल्याएको फार्म अहिले जिल्लाकै नमूनाको रूपमा विकसित भएको छ । छ वर्षअघि २५ माउबाख्राबाट व्यवसाय थाल्नुभएका खाँणको फार्ममा हाल १२० माउबाख्रा छन् ।“मैले मासुका लागि खसी, बोका बिक्री गर्ने नभई बीउका लागि बिक्री गर्ने गरेको छु”, युवा व्यवसायी खाँणले भने “मेरो फार्ममा ८० प्रतिशत बोयर जातका बाख्रा छन् यो मासुभन्दा पनि बीउका लागि माग बढी हुने गरेको छ ।”

बीउका लागि साढे तीन महिनादेखि चार महिना अवधिबाट पाठापाठी बिक्री गर्दै आएका छन् । फार्म सञ्चालनमा आएसँगै दुई कामदारले रोजगारी प्राप्त गरेका छन् । झण्डै रु १५ लाखबाट शुरु भएको व्यवसाय हालसम्म आइपुग्दा रु एक करोड बढी लगानी भएको युवा व्यवसायी खाँणले बताए ।

“बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ भने वर्षभरिमा ११\१२ लाख आम्दानी हुन्छ”, युवा व्यवसायी खाँणले भने, “दाना औषधिमुलो र अन्यमा गरी रु दुई लाख खर्च हुने र वार्षिक रु १० लाखको हाराहारीमा बचत हुने गरेको छ ।”

चालिस रोपनी व्यक्तिगत र झण्डै २० रोपनी जग्गा भाडामा लिएर विकासे घाँसहरु वर्षिम, जै, नेपियर तथा राइखनियो, बडहर, किम्बु, इपिललिपिल, टाँकी, बकाइनोजस्ता डालेघाँस लगाएको युवा व्यवसायी खाँणले बताए ।

“वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवायुवतीको चाप बढ्दै जाँदा गाउँबस्ती खाली हुने वा बूढापाकामात्रै गाउँमा रहने परिस्थिति रहेको छ”, उनले भने, “रोजगारीका लागि विदेशिने तथा शहर पस्ने युवाहरुलाई गाउँमै पनि प्रशस्तै सम्भावना तथा अवसरको खोजीका लागि अभिप्रेरित गर्नु आवश्यक छ ।”

फार्म अवलोकन तथा अध्ययनका लागि विभिन्न युवायुवतीको समूह यहाँ आउने गर्छन् । उनीहरुले फर्केर गएपछि व्यक्तिगत तथा सामूहिकरूपमा व्यवसाय थालनीका लागि प्रक्रिया शुरु गरेको जानकारी आफूले पाएको उनको भनाइ छ ।रासस

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…