Sansar News- Nepal's Fast Khabar Online News Portal

फरार अभियुक्त पक्राउ

संसार न्यूज़
४ महिना पहिले

२१ कार्तिक , सिरहा । अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अङ्गभङ्ग मुद्दामा यादवलाई जिल्ला अदालतबाट छ महिना कैद तथा रु पाँच हजार २०० जरिवाना तोकिएको थियो ।
अवैध राँगा नियन्त्रणमा

भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको राँगा सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले बुधबार साँझ नेपालतर्फ अवैध तरिकाले ल्याउँदै गरेको पाँच राँगा नियन्त्रणमा लिएको हो ।

अन्दाजी रु २० हजार मूल्य बराबरको सो राँगा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडर सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।रासस

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…