Sansar News- Nepal's Fast Khabar Online News Portal

तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

संसार न्यूज़
२ हप्ता पहिले
तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

२१ कात्तिक, मजार–ए–सरिफ । अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।

स्थानीय प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको जानकारी दिए । फरहादका अनुसार तालिबान समूहले सदरमुकामका विभिन्न स्थानबाट बन्दुक र ग्रिनेड सहित बिहान करिब ४ बजे आक्रमण गरेका थिए ।

फरहादले तालिबान विरुद्ध सुरक्षाफौजले जवाफी कारबाही गरेको जानकारी दिनुभयो । यसक्रममा केही सुरक्षाकर्मी घाइते भएका छन् । अफगान फौजको कारबाहीमा धेरै तालिबान बिद्रोहीको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

सामान्यतया शान्तिपूर्ण रहेको उत्तरी विकट हिमाली यस प्रान्तमा पछिल्लो समय तालिबान आक्रमण बढेको छ । खासगरी अफगान सुरक्षाफौजले विद्रोही विरुद्ध कारबाही तिब्र बनाउन थालेपछि हिंसात्मक घटना बढेको अधिकारकर्मीहरुको भनाई छ । (सिन्ह्वा)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…