Sansar News- Nepal's Fast Khabar Online News Portal

बाढीका कारण १७ को मृत्यु, तीन लाख ७० हजार विस्थापित

संसार न्यूज़
७ महिना पहिले
बाढीका कारण १७ को मृत्यु, तीन लाख ७० हजार विस्थापित

२१ कार्तिक, मोगादिसु ।सोमालियामा आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अरू तीन लाख ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित हुनु परेको छ ।

राष्ट्रसङ्घीय अधिकारीहरूले बाढीका कारण सोमालियामा ठूलो जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल पनि गरेका छन् ।

राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी कार्यालयले बाढीबाट पाँच लाख ४७ हजार नागरिक प्रभावित भएको जनाएको छ ।

“देशको बेलेट वेयन जिल्लाका मात्रै ४५ हजार ५०० घर परिवारका झण्डै २ लाख ३७ हजार जना विस्थापित भएको अनुमान गरिएको छ,” कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

खेतीयोग्य जमिन, भौतिक संरचनाहरू, बाटोहरूलगायत पनि भत्किएर क्षतिग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“बाढीका कारण्र्साबेल्ले, जुबल्याण्ड र दक्षिणपश्चिमी राज्यहरू पनि प्रभावित भएका छन्,” राष्ट्रसङ्घले भनेको छ ।ा हि

विज्ञ र सरोकारवाला निकायहरूले नोभेम्बर महिनाभरी वर्षा भइरहन सक्ने चेतावनी दिएका छन् । उनीहरूले रोगको प्रकोप पनि फैलिन सक्ने बताएका छन् ।

लगातारको ठूलो वर्षाका कारण नदीमा पानीको सतह बढेर डुबान भएको अधिकारीहरूले जानकारी दिएका छन् । (सिन्ह्वा)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…