Sansar News- Nepal's Fast Khabar Online News Portal

नयाँ पुस्ताले नसिक्दा लोप हुँदै गन्दर्भको पेशा

हुमाकान्त पोखरेल
२ हप्ता पहिले
नयाँ पुस्ताले नसिक्दा लोप हुँदै गन्दर्भको पेशा

२१ कार्तिक , गुल्मी । ‘दुःखीलाई आएन काल : बाचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्दर्भले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिकेकोे उनी अहिले ६९ वर्षको भए ।

शरीरमा पहिलेझैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेशाप्रति भने उनको रुचि घटेको छैन । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई उनी कायम राख्न चाहान्छन । तर, उनलाई उमेरले साथ दिएको छैन भने छोराहरुले त्यसप्रति ध्यान दिनसकेका छैनन् ।

पहिले–पहिले आजकाल झै सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्री गाउँबाटै जुटाउनुपथ्र्यो । जसले गर्दा गन्दर्भ जातिका मानिस गाउँगाउँमा गीत गाउन जाने गर्थे । गीत गाएपछि गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले आफ्नो जीविकोपार्जन चलाउथे ।

चुराबहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवालगायतका थुप्रै ठाउँ पुगे । ६२ वर्षसम्म उनँले देशमा शासन–व्यवस्था परिवर्तन भएको देखे । थुप्रैले निर्वाचनमा भोट मागेको र महत्वपूर्ण आशा देखाएको उनीसँग अझै सम्झना छ । बिडम्बना, उनले अझै पनि शासन–व्यवस्था परिवर्तन भएको महशुस गर्न पाएका छैनन् ।

उनको गायन पेशा फष्टाउनुको सट्टा झन खुम्चदै गएको छ । आफूहरुको गायन पेशालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएका कारण लोप हुँदै गइरहेको चुराबहादुरको गुनासो छ । “गाउँमा अझै पनि गीत सुन्ने चाहना गर्छन्, तर उमेरले साथ दिएन”, उनले भने, “राज्यले हेरेन, छोराले सिकेनन् ।”

उनको छिमेकी पेमबहादुर गन्दर्भ उमेरले ५० वर्ष पुगे । नियमित गन्दर्भ जातिको गीत गाएरै जीविकोपार्जन गर्न थालेको पनि २६ वर्ष भयो । जम्मा १२ छोराछोरीमध्ये अहिले ११ जीवित छन् । उनी गीत गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बागलुङ, अर्घाखाँचीलगायतका स्थान पुगे ।

त्यसैबाट परिवारको गुजारा गरेको उनकोे अहिले भने त्यत्ति गाउने जागर छैन । कारण हो, पेशा सम्मानजनक नहुनु । “गाउँमा गीत गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन”, प्रेमबहादुरले भने “बाध्य भएर गायन पेशाप्रति कम समय दिनुपरको छ ।” पहिले–पहिले गीत गाइसकेपछि अन्न, नूनलगायतका सामग्री दिए पनि आजभोलि पैसा मात्र दिन थालेको उनले बताए । प्रेमबहादुरले गीत गाउने मात्र होइन, सारङ्गी बनाउन पनि जानेका छन् ।

आफै सारङ्गी बनाउने र बजाउने हुँदा केही रुपमा सहज छ । तर समाजले नै नकारात्मक रुपमा हेर्दा आफूलाई दुःख लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “कुनै–कुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन्”,उनले भने, “गाउन जाँदा बचन सुन्नुपर्छ ।”

नयाँ पुस्ताले सिकेनन्

चुराबहादुरका चार छोरा छन् । तीमध्ये जेठो छोराले घर-गाउँमै मजदूरी गर्छन् । माइलो, साइलो र कान्छो रोजगारीको लागि भारतमा छन् । प्रेमबहादुरका पनि तीन छोरा छन् । तीमध्ये एउटा सानै छ । दुई मध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन् भने अर्को रोजगारीलाई विदेश जाने तयारीमा छन् ।

बम्घामा गन्धर्व जातिका ११ घर छन् । तीमध्ये तीनजना वृद्धले मात्र सारङ्गी रेट्दै गीत गाउछन् । चुराबहादुर, प्रेमबहादुर र बलबहादुर । गीत गाउने अन्यको निधन भयो । पुराना हराउँदै गए । नयाँ विदेश धाउन थालेपछि यो पेशा लोप हुँदै गएको छ ।

“अहिलेसम्म जसोतसो पेशा थामिएको छ, तर अब धेरै नरहने भयो”, चुराबहादुरले भने, “छोराहरुले सिक्नै खोज्दैनन् ।” आफूले छोराहरुलाई सिक्न धेरै आग्रह गरेपनि उनीहरुले नमानेको उनको गुनासो छ । प्रेमबहादुरले पनि नयाँ पुस्ताले अनुशरण गर्न नसक्दा आफूहरुको पेशा सङ्कटमा परेको बताए ।

आफू रहुञ्जेल सारङ्गी बजाए पनि आफुपछि यो पेशा नै लोप हुनेमा चिन्ता व्यक्त गरे । “सारङ्गी रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन्”, उनले भने “रेडियो, टेलिभिनसँगै गायन पेशा पनि लोप हुँदै गएको छ ।”

प्रमेबहादुरका माइला छोरा शरण गन्धर्व गायन पेशाबाट जीविकोपार्जन नचल्ने भएकोले आफूहरुले बढी चासो नदिएको प्रतिक्रिया दिए । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसले गायन पेशालाई त्यत्ति महत्व दिन छाडेकोले आफूहरुले पनि गाउन नसकेको उनले बताए ।

रोजगारीको लागि भारतमा रहेका शरण केही समयको लागि घर आएको बताए । “यही पेशाले हामी हुर्कियौँ, जोगाउन मन त लाग्छ”, उनले भने, “तर आम्दानी हुँदैन ।” यदी राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफूहरु त्यसमा लाग्ने उनले बताए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…