Sansar News- Nepal's Fast Khabar Online News Portal

आफतावकै भाइ डा. अख्तरले लगाइदिएका थिए घाइतेलाई बेहोस हुने इन्जेक्सन

संसार न्यूज़
२ हप्ता पहिले
आफतावकै भाइ डा. अख्तरले लगाइदिएका थिए घाइतेलाई बेहोस हुने इन्जेक्सन

२२ कात्तिक, काठमाण्डौं । १२ वर्ष अघि रौतहट राजपुर फरहदवा ४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाईते भएकाहरुलाई ईन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा सांसद् मोहम्मद आलमका काकाका छोरा डा. समिम अख्तर संलग्न रहेको प्रहरी श्रोतले जनाएको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

अख्तर हाल रौतहटको गौरमा कांग्रेका पुराना नेता शेख इद्रिस खलिहानको नाममा ‘श्री शेख इद्रिस डाइग्नोस्टिक सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन् ।

डा. अख्तरले पाकिस्तानबाट एमबिबिएस अध्ययन गरेका हुन् । तर, प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे भने अनुसन्धान अघि बढाएको छैन । इन्जेक्सन लगाउने कार्यमा संलग्नहरुको सम्बन्धमा सूचना प्राप्त नभएकोले अनुसन्धान अघि नबढाएको प्रहरीको भनाई छ ।

मृतक पिन्टु भनिने त्रिलोक प्रसाद सिंहका बाबु श्री नारायण सिंह राजपुतले विस्फोटमा आफ्ना छोरा घाईते भएको,तर पछि इन्जेक्सन लगाई बेहोस बनाएको बयान प्रहरी समक्ष दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा सिंहले घाईते भएका पिन्टुलाई डा समिरले इन्जेक्सन लगाएर बेहोस बनाएको बताएका थिए । प्रतिवेदनमा उनले भनेका छन् ‘मलाई सानो घाउ छ । म घर जान सक्छु भन्थे, तर आफ्ताबको भाइ डा. समिरले इन्जेक्सनमा जहर हाली मेरो छोराको नशामा दिएको थाहा पाए । मेरो छोरो मर्ने अवस्थामा थिएन ।’

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…