Sansar News- Nepal's Fast Khabar Online News Portal

बच्चालाई स्कूल पठाउन हतार गर्ने अभिभावकहरूले बुझ्नै पर्ने कुरा

संसार न्यूज़
७ महिना पहिले
बच्चालाई स्कूल पठाउन हतार गर्ने अभिभावकहरूले बुझ्नै पर्ने कुरा

अभिभावकहरु आफ्नो बच्चाहरुलाई जति सक्यो छिटो स्कुल पठाउन आतुर हुन्छन् । छिटो स्कुल पठाउन पाए केही नयाँ कुरा सिक्छन भन्ने सोच एकातिर पाइन्छ भने अर्को तर्फ बच्चालाई घरमा हेरचाह गर्ने समय हुँदैन त्यसैले पनि छिटो बालबच्चाहरुलाई स्कुल पठाउन हतार गर्दछौँ तर बच्चाहरुलाई सानै उमेरमा स्कुल पठाउन नहुने सुझाव दिन्छन् शिक्षाविद मनप्रसाद वाग्ले । बच्चाहरुलाई छिटो स्कुल पठाउनु भनेको बाल विकासमा हेलचक्र्याईं गर्नु भएको उनको तर्क छ । सानो उमेरमा बच्चालाई स्कुल पठाउनु बाल विकासको सिद्धान्त विपरित हुने उनको भनाई छ । साना बच्चालाई स्कूल पठाउन हतार किन गर्न हुँदैन भन्ने तथ्यसहित उनले लेखेका छन् ।
उनले फेसबुकमा लेखेका छन् :
बाल विकासमा हेलचक्र्याईं नगरौं, बेलैमा सोचौं, पछि पछुताउनु नपरोस् १११ बाल विकासका सिद्धान्त त्यसै प्रतिपादन भएको हैन, त्यो बुझ्नु आवश्यक छ । साना बच्चालाई स्कूल पठाउनै हतार गर्ने अभिभावकहरूले बुझ्नै पर्ने कुरा :

१) यदि तपाईं सँग प्रशस्त समय छ भने ६ वर्ष नपुगी केटाकेटीलाई स्कूल नपठाऔं ।
२) पूर्व प्राथमिक तहका बालबालिकाको लागि पाठ्यपुस्तक भनी झोलाको भारी बोकाउनु अपराध हो ।
३) त्यसमाथि औंलाको राम्रो विकास नभएका ५ वर्ष सम्मका बालबालिकालाई जवर्जस्ती कलम समातेर लेख्न लगाउनु उनीहरुको शारीरिक विकासको बाधक मानिन्छ ।
४) १८ महिनामा नै स्कूल पठाएर बालबालिका माथि तपाईं अन्याय गर्दै हुनुहुन्छ ।
५) २ वर्षसम्म त बच्चालाई आमाको दुध खुवाउनुहोस्, प्रशस्त खेल्ने मौका दिनुहोस्, उनीहरुको स्वायत्तता नखोस्नुहोस्, यदि यस्तो गरिएन भने उनीहरुको सम्पूर्ण विकासमा यसले नकारात्मक असर पुग्नेछ ।
६) ३ वर्ष देखि ५ वर्ष सम्म पूर्व प्राथमिक उमेर मान्ने गरिन्छ किनकि ६ वर्षमा बच्चाको कक्षा १ शुरु हुनुपर्दछर फिनल्याण्डमा त ७ वर्षको उमेरमा मात्रै केटाकेटी स्कूल जाने हो ?
७) ३ वर्ष देखि ५ वर्ष सम्म तपाईं आफ्ना केटाकेटीलाई घरमै राम्रो सामाजिक विकास, भाषिक विकास, सम्बेगात्मक विकास, शारीरिक विकास र बौद्धिक विकास गर्न सक्नुहुन्छ ।
८) रहर वा फेसनमा हतार गरेर बालबालिका लाई स्कूल भर्ना गर्नु भनेको उनीहरुका यी बिकासमा अवरोध सिर्जना गर्नु हो ।
९) समयाभाव, बाबुआमा दुवै काममा जानुपर्ने र बाध्यताले स्कूल पठाउँदै हुनुहुन्छ भने यी कुरा मनन गर्नुहोस् :
क) कस्तो स्कूल हो बुझ्नुहोस् ।
ख) ए बी सी डी, क ख ग घ वा १,२,३,४ पढाउने, अंग्रेजीमा घोकाउने, बन्द कक्षाकोठामा दिनभर राख्ने र ठूलालाई जस्तै पढाउने, गाली गर्ने, तर्साउने, धेरै पूर्व प्राथमिक विद्यालय तपाईंकै वरिपरी छन् त्यस्ता स्कूल बहिष्कार गर्नुहोस् ।
ग)६० प्रतिशत खेल्ने, २० प्रतिशत उमेर अनुसार रोल मोडेल गर्ने, समूहमा आफ्नो भूमिका निभाउने, र बाँकी २० प्रतिशत कक्षा १ को तयारीको लागि छुट्टाउने विद्यालय कति होलान्रु छन् तर थोरै छन्रु र ती अलि महँगा पनि हुन सक्छनर बालबालिकाको साँच्चै विकास गर्ने हो भने त्यस्ता विद्यालय पत्ता लगाउनुहोस्, अनि मात्रै ३ देखि ५ वर्षका बच्चा पठाउनुहोस् ।
घ) पौष्टिक आहारको प्रवन्ध, सुरक्षाको प्रत्याभूति, विशेष क्षमता अनुसारको व्यवहार नभए त्यस्ता विद्यालय बालबालिकाको लागि उपयुक्त हुँदैनन् ।
ङ) बालबालिकालाई यो उमेरमा गृहकार्य भनेर जोत्नु अर्को अपराध हो चाहे त्यो विद्यालय शिक्षकले गरोस् वा अभिभावक ।
१०) बाल विकासको सिद्धान्त अनुसार तपाईंका बच्चाले pre-schoolबाट के के विकास गर्नुपर्ने हो ?भन्ने कुरा अर्को स्टेटसमा लेख्नेछु।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…