Sansar News- Nepal's Fast Khabar Online News Portal

गुणस्तरीय बीउ उत्पादनमा जोड

संसार न्यूज़
७ महिना पहिले
गुणस्तरीय बीउ उत्पादनमा जोड

२२ कात्तिक, काठमाडौँ । पौष्टिक गुणस्तरीय खाद्य तथा बीउ उत्पादनका क्षेत्रमा एकआपसका ज्ञान आदानप्रदान गर्न क्षेत्रीय बैठक शर्ने भएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको संयोजनमा नेपालमा पहिलोपटक आयोजत सो दुईदिने बैठकमा नेपालसहित नेदल्याण्ड, भारत, भियतनाम, बङ्गलादेश, भुटानको सहभागिता रहेको छ ।

बैठकमा वातावरणलाई असर नपु¥याइ बीउको विविध क्षेत्रमा दिगो विकास विषयमा पनि सहभागी देशले गरिरहेका प्रयासका बारेमा कार्यपत्र एवं आगामी रणनीति तय गरिने जनाइएको छ । साथै बीउ उद्योगका अवस्था तथा बीउ उत्पादन गर्ने कृषकका क्षमता विकासका विषयमा पनि बैठकका कार्यसुची रहेका छन् ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले बैठकको शुभारम्भ गर्दै खाद्य सुरक्षा बढाउँदै भोकमरी अन्त्य गरी दिगो विकासका लक्ष्य पुरा गर्न मन्त्रालयले नीति बनाई लागु गरेको जानकारी दिए ।

उनले भने, “स्थानीय जातको बीउ लोप हुन नदिन र आयातित बीउको जथाभावी प्रयोग हुन नदिन सरकार सचेत रहेको छ । स्तरीय बीउमा कृषकको पहुँच बढाउन सामुहिक प्रयास गर्नुपर्छ ।”

आयोजक संस्थाका अध्यक्ष खेमबहादुर पाठकले राम्रो बीउको अभावले कृषकले समस्या व्यहोर्नु परिरहेको चर्चा गर्दै स्तरीय बीउ उत्पादनमा सरकारी लगानी बढाउनुपर्छ भने । बैठकको उद्घाटनसत्रमा नेदल्याण्डका विज्ञद्वय इगो फरोगान र एल्स फान डेलले कृषि उत्पादन वृद्धि गर्न गुणस्तरीय बीउमा लगानी बढाउन सुझाव दिए । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…