Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रेम बानिया भन्छन्–’यस्तै वेला हो देशनिमित्त बोल्नुपर्ने’

संसार न्यूज़
२ हप्ता पहिले
प्रेम बानिया भन्छन्–’यस्तै वेला हो देशनिमित्त बोल्नुपर्ने’

गत शनिबार भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कालापानी र लिपुलेकको सीमा विवाद फेरि चर्चामा आएको छ । यसबारे सरकारले कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको बताएको छ ।

‘नेपाल सरकार नेपालको अन्तराष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुईमित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कुटनैतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको छ’ सरकारद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यतिबेला देश तथा विदेशमा यस विषयलाई लिएर विभिन्न अभियान चलिरहेका छन् । आफ्नो देशको सिमानाको रक्षार्थ सबैले आवाज उठाउनुपर्नेमा उनीहरुको जोड छ । यसै विषयलाई लिएर अमेरिकामा रहेका पत्रकार प्रेम बानियाँले पनि यहि बेला देशको निम्ति बोल्नुपर्ने बेला रहेको बताएका छन् ।

नेपालमा रहँदा ‘जय स्वाभिमान’ नामक चर्चित कार्यक्रम चलाएर चर्चामा आएका  पत्रकार बानियाँले धेरैधेरै वर्षदेखि र पुस्तौंपुस्तादेखि हाम्रो राष्ट्रको पहिचान र शरीरमाथि भारतले तरबार नचाइरहेको र हामी नेपाली त्यसैको त्यसैको भयमा व्यस्त रहेको बताएका छन् ।

‘हामीअघिका दर्जनौं पुस्ता वुद्ध नेपालमा जन्मिएका हुन् भन्दाभन्दै बितेर गयो, कति–कति पुस्ता कालापानी र महाकालीको नाममा बितेर गयो,’ उनले सामाजिक संजालमा यस्तै बेला देश निमित्त बोल्नुपर्ने बताउँदै भनेका छन्, ‘झण्डै एउटा सिंगो पुस्ता सुस्ता जोगाउनु पर्छ भन्दा भन्दै बितेर गयो र अब यो निश्चित छ कि अबका बाँकी केही पुस्ताका लागि लिपुलेक र लिम्पियाधुराजस्ता विषयहरु तयार छन् । अनि हामी कसरी कहिले समृद्ध हुने, कैले अघि बढ्ने ?’

उनले भनेका छन्
‘यस्तै वेला हो देशनिमित्त बोल्नुपर्ने तर यस्तै विषयमा बोल्दाबोल्दै हो हाम्रानिमित्त समृद्धि प्रलयको विषय भएको !!!

नेपाल र नेपालीलाई वर्षौंवर्षदेखि छिमेकी भारतले यस्तै ‘कन्टेन्ट’ हरु दिइरहेको छ र हामीलाई व्यस्त बनाइदिइरहेको छ । कैले वुद्ध भारतमा जन्मिएका हुन् भनेर भ्रम फैलाइदिन्छ र हामी त्यसको प्रतिवाद गर्दै व्यस्त हुनुपर्छ, यतिसम्म कि पुस्तौंपुस्तादेखि यही विषयमा जुधिरहनुपरेको छ । कैले ‘कन्टेन्ट’ का रुपमा सुस्ता दिन्छ र व्यस्त बनाइदिन्छ, कैले पूर्वी नेपालका जंगेपिल्लरहरु ढालिदिन्छ, कैले चाँदनीदोधारा, कैले मध्यतराईका पिल्लरहरुसँग जुध्न बाध्य बनाइदिन्छ ! वेलावेला कालापानीको घाउमा नून हालिदिन्छ ! र, पछिल्लो समय लिम्पियाधुरा र लिपुलेकमा मेरो देशको एउटा चोक्टा नै निल्न खोजेको छ !
यसरी धेरैधेरै वर्षदेखि र पुस्तौंपुस्तादेखि हाम्रो राष्ट्रको पहिचान र शरीरमाथि ऊ तरबार नचाइरहेछ र हामी त्यसैको भयमा व्यस्त छौं । हामीअघिका दर्जनौं पुस्ता वुद्ध नेपालमा जन्मिएका हुन् भन्दाभन्दै बितेर गयो, कति–कति पुस्ता कालापानी र महाकालीको नाममा बितेर गयो । झण्डै एउटा सिंगो पुस्ता सुस्ता जोगाउनु पर्छ भन्दा भन्दै बितेर गयो र अब यो निश्चित छ कि अबका बाँकी केही पुस्ताका लागि लिपुलेक र लिम्पियाधुराजस्ता विषयहरु तयार छन् । अनि हामी कसरी कहिले समृद्ध हुने, कैले अघि बढ्ने ?
मैले आफ्नो पत्रकारिताकालमा सवभन्दा बढि रिपोर्टिग गरेको कुनै विषय छ भने यही सिमाविवाद हो । झण्डै–झण्डै मेरो पुस्ता पनि यसै विषयमा विवाद गर्दागर्दै बितेर जानेछ । अनि कैले कसरी सोच्ने देशसमृद्धि परिवर्तनका विषयहरु ? आखिर दुई सरकार मिलेर किन यो विषयलाई सदाका लागि समाप्त पार्न सकिरहेका छैनन् वा चाहिरहेका छैनन् ? यसले धेरै पुस्ताको नष्ट गर्नसक्छ कृपया गम्भीर बनौं ।

जबजब सीमाविवादका विषयहरु आउँछन् अत्यन्त क्रुद्ध भएका मेरो साथी ज्ञानी खड्काको गीत र म्यूजिक भिडियोको याद आउँछ ।
‘खुकुरी झिक्नु नपरोस्, जोगाउन देशको सिमाना
पुर्खाले खेदाए साम्राज्यवाद, विस्तारवादको अब पालो’

म्यूजिक नेपालले सार्वजनिक गरेको यो भिडियो एक पटक जसरी पनि हेर्नुहोला
अनि आजभन्दा चार वर्ष अगाडि यही लिपुलेक र लिम्पियाधुरालाई व्यापारिक नाका बनाउने चीन र भारतबीचको सम्झौतापछि पनि चुपचाप बसेको नेपाल सरकारलाई यो पहिल्यै थाहा भएको विषय हो भन्नका लागि यहाँ जय स्वाभिमानको एउटा अंक पनि प्रस्तुत छ ।

जततउकस्ररथयगतग।दभरद्धबअहीष्भ्ऋद्यव्ध

र, यी सबै घटनाक्रम नियमित आकस्मिकता हुन् । तर, बोल्नचाहीँ छोड्नुहुन्न ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…