Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालले इरानको सामना गर्ने

संसार न्यूज़
७ महिना पहिले
नेपालले इरानको सामना गर्ने

२२ कात्तिक, काठमाडौँ । एएफसी १९ वर्षमुनि (यु–१९) च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इरानको सामना गर्दैछ । इरानको तेहरानस्थित पिएएस रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ घरेलु टोली इरानको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार राति ८ बजे शुरु हुनेछ ।

छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स ९युएई०सँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

आज नै हुने अर्को खेलमा युएई र किर्गीस्तान भिड्नेछन् । नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा युएई, कीर्गिस्तान र आयोजक इरान छन् ।

अङ्क तालिकामा तीन अङ्क जोडेको इरान शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै बनाएको युएई गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । यस्तै नेपाल र किर्गीस्तान भने अङ्कविहीन रहँदै तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार किर्गीस्तानको सामना गर्नेछ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…