Sansar News- Nepal's Fast Khabar Online News Portal

फैसला कार्यान्वयन तीव्र

संसार न्यूज़
७ महिना पहिले
फैसला कार्यान्वयन तीव्र

२२ कार्तिक, काठमाण्डौं । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई कानूनी दायरामा ल्याउन फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ ।

जिल्ला अदालतका अधिकृत श्रेस्तेदार सदन अधिकारीका अनुसार फैसला भई कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका ७९ अभियुक्तको लगत अध्यावधिक रहेकाले ती व्यक्तिको खोजी गर्दै फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ ।

जिल्ला अदालतको फैसलाबाट सजाय पाएकामध्ये ३५ ले जरिवाना तिर्नुपर्ने, कैदमा बस्नुपर्ने २१ र कैद तथा जरिवाना दुवै व्यहोर्नुपर्ने २३ समेत गरी ७९ फरार सूचीमा रहेका र फैसला कार्यान्वयनअन्तर्गत उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

असुल गर्नुपर्ने र फैसला बमोजिम ती अभियुक्तबाट रु छ करोड ५५ लाख वक्यौता बाँकी रहेको अदालतले जनाएको छ । सजाय तोकिएका अभियुक्तमा सप्तरी, ललितपुर, स्याङजा, सोलुखुम्बु, सुनसरी, नुवाकोट, धादिङ, सिन्ध्ुपाल्चोक, सर्लाही, चितवन र काठमाडाँै जिल्लासमेतका अभियुक्त रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिए ।

यस्तै अदालतमा सम्बन्धबिच्छेदका १७, घरेलु हिंसाको एक र मानाचामल भराउने चार देवानी प्रकृतिका मुद्दा विचाराधीन रहेका बताइएको छ । फौजदारीतर्फ भने १७ मुद्दा फछ्र्योट गर्न बाँकी रहेका र छिटोछरितो न्याय सम्पादन गर्न प्रक्रियागतरूपले फैसला भइरहेको अदालतले जनाएको छ ।

अदालतमा रहेका ४९ मुद्दामध्ये देवानीतर्फका चार तथा फौजदारीतर्फका छ समेत १० मुद्दा चालू आर्थिक वर्षको पहिलो चौमासिकमै फछ्र्योट भइसकेका र फछ्र्योट प्रक्रियामा रहेका ३९ मध्ये गत आवका २२ मुद्दा सरेका तथा १७ मुद्दा भने यसै आवमा दायर भएका जनाइएको छ । (रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…