Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकाको ओहायोका नगरपरिषद् सदस्यमा भुवन प्याकुरेल निर्वाचित

संसार न्यूज़
७ दिन पहिले
अमेरिकाको ओहायोका नगरपरिषद् सदस्यमा भुवन प्याकुरेल निर्वाचित

विजय थापा, अमेरिका । भुटानमा जन्म भै हाल अमेरिकाको ओहायोमा बस्दै आएका होनहार युवा भुवन प्याकुरेल अमेरिकाको ओहायोका नगरपरिषद् सदस्यमा निर्वाचित भएका छन् ।

गत नोभेम्बर ५ ,२०१९ मंगलबारका दिन सम्पन्न निर्वाचनमा भुवनले ईतिहास रच्दै ओहायोको रेनोल्ड्सबर्ग शहरका लागि नगरपरिषद् सदस्यमा निर्वाचित भएका हुन् ।  उनीउक्त शहर वडा ३ का लागि सिटि काउन्सिल (नगर–परिषद सदस्य) भएका हुन् ।

सरी निर्वाचनमा उम्मेदवार बनेर निर्वाचनमा बिजयी भएका प्याकुरेल पहिलो भुटानी–अमेरिकन भएका छन् । उनी बिजयी भएपछि उनलाई, ईष्टमित्र, साथीभाइ तथा शुभचिन्तकहरुबाट बधाईको ओइरो लागेको छ भने अधिकांशले ईतिहास रचेको भन्दै उनलाई बधाई दिएका छन् ।

उनले रेनोल्ड्सबर्ग नगर परिषदको निर्वाचनमा १ हजार ३ सय ५२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्प्रर्धी रिपब्लिकनका उम्मेदवार मार्सल स्पल्डिंगले ९ सय ९० मत प्राप्त गरेका थिए ।

भुवन ९ बर्षको उमेरमा आफ्ना परिवारसाथ भुटानबाट लखेटिएर नेपालको पूर्वीय क्षेत्र झापा आएका थिए । उनी १८ बर्ष सम्म नेपालका विभिन्न शरणार्थी शिबिरमा रहेका थिए ।

अमेरिकन नागरिक बनेपछि समाजसेवामा केही योगदान गर्ने ईच्छा भएकोले नगर परिषद्को उम्मेदवारी दिए र बिजयी भए । नगर परिषद सदस्यमा बिजयी हुने उनि प्रथम भुटानी–अमेरिकन हुने सौभाग्य प्राप्त गरेका छन् ।

प्याकुरेल सन् २००९ मा अमेरिकाको कोलोराडो आएका थिए भने, पछि ओहायोमा परिवारसाथ बसाई सराई गरेका थिए । उनले सन् २०१६ मा अमेरिकन नागरिकता लिएका हुन् ।

उनलाई बिजयी गराउन मेरिल्याण्ड डेमोक्रेटिक पार्टी एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) बाल्टिमोर काउन्टीका सभापति डा श्याम कार्की लगायत डेमोक्रेटिक दलका अधिकारी तथा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) ककस प्रमुखले स्वयम् सेवक तथा चुनावी रणनीतिमा सहयोग गरेका थिए ।

डा कार्की प्याकुरेललाई सहयोग गर्न ओहायो पुगेका थिए भने डा कार्कीले आगामी सन् २०२० मा हुने निर्वाचनको लागी ४–५ जना नेपाली अमेरिकन तयार गर्ने हेतुले काम गर्न सुरु गरेको समेत बताए ।  डा.कार्कीले ह्यारी भण्डारीको निर्वाचनमा पनि ठूलो भूमिका निर्वाह गरेका थिए ।

स्मरण रहोस्, अमेरिकाको मूलधारको राजनीतिमा मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरपालिकाको उपप्रमुखमा बिजयी भै पहिलो ईतिहास रच्ने किरण सिटौला हुन् भने भुटानी समुदायको तर्फबाट भुवन प्याकुरेलले पहिलो खाता खोलेका छन् ।

यसैगरी अमेरिकाको ईतिहासमा मेरिल्याण्ड बिधान सभाका लागि बिधान सभा सदस्य(सांसद )मा निर्वाचित हुदै सबै भन्दा ठूलो फड्को मारेर ईतिहास रच्ने ह्यारी भण्डारी पहिलो नेपाली मूलका हुन् ।

यसैगरी भर्र्जििनयाको हे मार्केट (शहर) मा नगर परिषद् सदस्यमा निर्वाचित मधु पन्थी तथा भर्जिनियाकै हर्नडन शहरमा नगर परिषद् सदस्यमा बिजयी हुने प्रदिप ढकाल हुन् ।

हालसम्म नेपाली मूलका नव निर्वाचित प्याकुरेललाई समेत जोड्दा अमेरिकामा सार्वजनिक पदमा निर्वाचनमा होमिएर बिजयी हुने ५ जना भएका छन् । जस्मा ३ जना नगर परिषद् सदस्य बिजयी भएको देखिन्छ ।

तस्बिर : प्याकुरेल फेसबुकबाट

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…