Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : विस्फोटित भयौ किन ?

वरिष्ठ साहित्यकार- कलानिधि दाहाल, काठमाण्डौ
४ दिन पहिले
कविता : विस्फोटित भयौ किन ?

महरा दोषी क्यै होलान्–दोषी हुन् रोशनी अति
यत्रा वर्ष रहे शान्त–आज भो किन ज्यादति ?
बजारियाहरु हुन्छन्–यस्तै नारी भए जति
यतिका वर्ष भो शान्त-ऐले भो किन ज्यादति ??

बाबू छोरी भनिन् ऐले-दाजु बैनी अझै कति
अर्काका घरमा छिर्दै-गर्दैछन् कति ज्यादति ?
मामा भाञ्जी बनी नाता-यस्तैमा चल्छ हो अति
अर्को दिने भए ज्यादा-क्षणमै हुन्छ ज्यादति !!

गुरु शिष्य भए पैले-मिले स्वार्थ भए जति
पदका लालसी नारी-गर्दछन् यही ज्यादति !
गुण्डो स्वार्थी मिले कोही-संस्था सुम्पन तत्पर
बजारिया सबै नारी-ठान्छन् त्यै पल सुन्दर !!

पत्नीकी घरको पीडा-आँसुको मूल्य हुन्न क्यै
जारसँगै लठारिन्छन्–अस्तित्व हुन्न मूल्य क्यै !
विचरा जार लोभिन्छन्–जालले पदस्वार्थले
बमविस्फोटकी नारी-पड्कन्छ्यौ नि अभावले !!

टीका नाटक बन्दिन्छ-दाजु बैनी समागम
रक्सी नाटक बन्दिन्छ-बाबु छोरी समागम !
चलाखी दाजुले गर्दै-साँच्चै रक्सी बिसाउँछन्
बैनीका साथ लागेर-घरमा यी रिसाउँछन् !!

छन्द कविता

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…