Sansar News- Nepal's Fast Khabar Online News Portal

पाँच मुक्तक

सरोज सङ्गम, रत्नेचौर म्याग्दी
१ हप्ता पहिले
पाँच मुक्तक

१.
देखाएर कसिएको बदन, घायल बनायौ
थाम्ने कसरी बैशालु मन, घायल बनायौ
खै कुन्नि कस्तो जादु, छ तिम्रो जवानीमा,
छुटनै गाह्रो मलाई त झन,घायल बनायौ ।

२.
ब्यर्थका मुद्दामा, सरकार किन अल्झीन्छ, सवाल यत्ति हो
चिन्ता छ जनतामा, कतै गृहयुद्ध जन्मिन्छ, सवाल यत्ति हो
सुनकाण्ड सेलायो वाईडकाण्ड सेलायो, अरु के के सेलायो,
निर्मलाको हत्यारा, कुन साईतमा पक्रीन्छ पक्रिन्छ, सवाल यत्ति हो ।

३.
तिमी मलाई रुवाउ या हसाउ, उस्तै उस्तै लाग्छ
यो मन अनि पानीको तलाउ, उस्तै उस्तै लाग्छ
पिरतीको हिसाब किताब, केहि गरि हल भएन,
माया र गणितको,जोड घटाउ उस्तै उस्तै लाग्छ ।

४.
देखासिकी मुग्लान छिर्नुपर्ने, आम नेपालीको बानी हो
नेपालीको दिमागमा बस्यो, बिदेश पैसाको खानि हो
न राज्यलाई केहि दिन सकियो, न त राज्यले नै दियो,
बस राज्यले दिएको अमूल्य उपहार, यहि राहदानी हो ।

५.
मनमा थोरै गुम्ने धेरै पाउने, आस रहे पो जिन्दगी
दिलको माझमा उनकै मात्र, बास रहे पो जिन्दगी
जात भात गरिब अमीर, केहि देख्दैन सच्चा प्रेमले,
दुनियाँ भुली माया गर्ने मान्छे, पास रहे पो जिन्दगी ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…