Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : हड्डीबिनाको जिब्रो

के. टी. उत्तम, सिलगढी
३ महिना पहिले
कविता : हड्डीबिनाको जिब्रो

असंख्य खुट्टाहरुको दगुराईमा
सानो, ठुलो, मोटो, पातलो चक्काको थिचाईमा
दिनहूँ यो गाउँको सडक
जीर्ण बन्दै गए पनि
सडकलाई भने
प्रोजेक्टमा उसको मर्मतको नाम आउने आशा छ
नेताको भाषणमा आफ्नो नाम सुनेको छ उसले
कतै यो पाली त उसको रुप फेरिने हो कि ?
कि त हाती आयो हाती आयो फुस्स ।
अब समयको बोर्डमा रिजल्ट लाग्दा मात्र
थाहा पाइने हो कि ?
अन्योलमा छ सडक
सडकमा हिँड्ने मान्छे भन्दा बेसी ..!!
हरेकपटक निराशा सफल बनेको छ
नेताको भाषणमा कोशिश बाँचेको छ ।
त्यसैले क्षीण आशा साँचेको छ ।

अब त खोलालाई पनि झोडामा भन्दा
सडकमा गूड्किनु मज्जा आउन थालेको छ
नालीहरु त त्यसै पनि सडक बन्दै गईरहेछ
अनि सडक भने नाली !!
यी यस्तै छ गाउँको सडक ..
उनको नामको ‘ट्याक्स’ बटुलेर
शहरमा बिकास गरिन्दैछ’ रे
बिल्डिङ र झोलुङ्गे पूल बनिन्दैछ’ रे
गाउँलेहरुलाई भने सपनाको महल तयार छ
प्रोजेक्ट ’ग्रीन’को ब्ल्युप्रिन्ट देखाएर
गाउँलाई फेरि एकपटक
कोल्ड ड्रिन्कलाई ‘स्ट्रा’ ले चुसे जस्तो
बेस्सरी चुस्ने पो हो कि ?
सडकको मनमा शंका छ
आखिर धेरै गाउँलाई उसैले मिलाए पनि
हरेक गाउँको आफ्नै पीडा उसले देखेको छ
सडकले हरेक गाउँ चहारेको छ
देशको कथा दिनहूँ बोकेको छ ।।

सडकलाई खुशी छ ..
तर यो पाली भने
उसको नाम आएको छ
नेताको जिब्रोमा…!!
अनि
उसलाई यो पनि थाहा छ
कि जिब्रोमा हड्डी हुँदैन ..!!

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ७ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ५ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…