Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : स्वाद

राधा पाण्डे,गैडाकोट १६ नवलपरासी
४ दिन पहिले
कविता : स्वाद

सायद,
स्वाद भन्नू नै
खाँदा पिउँदाको अनुभव हुनसक्छ !

स्वाद
परिकार अनुसारको
समय अनुसारको
बेग्लाबेग्लै हुन्छ

मीठो र नमिठो
नुनिलो र पिरो
तितो र टर्ररो

केही तृप्ति
केही अतृप्ति
भोगाइ र बुझाइमा फरक हुन्छ स्वाद
खुसीको स्वाद
विषादको स्वाद

म यतिखेर
जीवनको शून्य चौतारीमा बसेर
निरासाको स्वाद मिठो मानिरहेकोछु

खुसीका उन्माद भन्दापनि बेग्लै
मन्द–मन्द, मस्तलाग्ने
मादक हुँदोरहेछ निरासाको स्वाद

म कहिले चपाउँछु स्वाद
कहिले पिउँछु
समयले सिर्जेको यो निरासा
दिनभरि निल्छु र,
चकानो रातको सून्यतामा
उग्ग्राइरहन्छु !
खानु, पिउनु, चपाउनु र निल्नु भन्दा
अनुपम स्वाद पो हुँदोरहेछ
ओ हो ! यो निरासा उग्ग्राउँदाको स्वाद !
हो ! म त्यही मीठो स्वादमा बाँचिरहेकोछु !

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…