Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : आजको मान्छे

सन्तोष सुवेदी,असम
४ दिन पहिले
कविता : आजको मान्छे

उम्रिनै नपाई जरासँगै हजुर
उखेलेर फ्याँकिन्छ भ्रुण मैं
हिंसाको हाँगो फैलाई
अहिंसालाई मारिन्छ यहाँ गर्भमै ।
खुकुरी, छुरा अनि बन्दुकको
डर देखाई
सत्यको घाँटि च्यापी
अपराध हाँस्द छ डाँको छोडी ।
पैसाको लोभमा मान्छेले
मान्छेलाई मार्दैछ
अपहरण, हत्या अनि बलात्कारको
भयानक भाइरसले समाज विषाक्त हुँदै छ ।
स्वाँस फेर्न, खान, रमाउँन, कमाउन
सबैतिर त्रास छ
सोझो, लाटो, सिधा मान्छे त
बाठा, दुष्टहरूको चपेटामा भुटिन्छ ।
कलंकित हुँदैछन् पवित्र नदीहरू दिन दिनै
पापी र हत्यारा मान्छेहरूको कर्मले
कलियुग छर्लङ्गै देखिन्छ
खबर हेर्दा, सुन्दा बिहान बेलुकी नै ।
आमा, बाबु कुटेको सुनिन्छ कतै त
कतै बाउले आफ्नै छोरी लुटेको
आधुनिकता बढ्दै छ जत्ति नै
उत्ति जनावर बन्दैछन् मान्छेहरू ।
न्याय, समानता, एकतालाई लोपार्दै
खल्ती भरी आफ्नै
नाँच्द छ रमाउँदै यहाँ
आजको मान्छे ।।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…