Sansar News- Nepal's Fast Khabar Online News Portal

कथा : बर्खा लाग्यो साँइली आईरहन पाउँदिन

संसार न्यूज़
६ दिन पहिले
कथा : बर्खा लाग्यो साँइली आईरहन पाउँदिन

“मेरी प्राण प्यारी मायालु साँइली !
कोशीको अबिरल कञ्चन पानी जस्तै धेरै धेरै अटुट माया तिमीलाई ।

सञ्चै त छौ होली तिमी । म यता सञ्चै छु । तिम्रो आद आउन्जेल म किन पो बिरामी हुन्थे र ? तर लामो समय भेट नहुँदा अलि बिरामी परिहाल्छु तर जब तिम्रो उज्यालो मुहारको झझल्को आउँछ, चट्टै पो निको भै हाल्छु । निकै दिन भयो आकाशमा कालो बादल कुदेर तिम्रो त्यो स्वर्ग जस्तै सुन्दर गाऊँ रहेको पहाड छेलिन थालेको । सिगरेटको धुँवा हातले हम्काए जस्तै गरी बादल हम्काउन सकिन्न साँइली । घरहरु त के देखिन्थ्यो र त्यै पहाड हेरेर पनि चित्त बुझाउँथे । हुन त तिमी पनि त्यसै भन्ने गथ्र्यौ यता मेरो गाऊँ रहेको पहाड हेरेर मन भुलाउँछु भनेर । म पञ्छी भएत बादलसँगै उडेर आउने थिएँ मेरी प्यारी साँइलीलाई भेट्न । तिमी पनि के अडिन्थ्यौ होली र यदि तिमी पनि पञ्छी भएकी भए ।
कहिले काहीँ त चराहरुदेखि आहारिसै लाग्छ । कसरी उड्छन् होकी तिनीहरु ? तिम्रो गाउँ हेर्नलाई भनेर हाटमा दुर्वीन पनि नकिनेको होइन तर त्यो नानीहरुको लागि खेल्ने कुरा पो रछ । तिरिमिरि पो देखियो । महँगो विदेशी दुर्वीन किन्नलाई मसँग कहाँ पैसा हुनु र । फेरि मैले मात्रै हेरेर भएन, तिमीले पनि त मलाई हेर्न पाउनु प¥र्यो । गाउँमा एकजना लाहुरेसँग छ पल्टनबाट ल्याएको दुर्वीन तर दुस्मन मात्रै हेर्न मिल्छ अरे त्यसले ।

बर्खा लाग्यो साँइली ! गाउँका फुच्चे खोलाहरु त राम्रै गाउँनै बगाएर लान्छु जस्तो गर्न शुरु गर्दैछन् । झन् कोशी नदीको त कुरै अर्कै । साउने भेल उर्लिने बेला भयो साँइली अब । मटर कुद्ने पुल पुग्न एकदिन ओरालो झर्नु पर्छ । झोलुङ्गे पुल तर्न पनि एकदिनको बाटो उकालो हिँड्नु पर्छ । पौडेरै कोशी तर्ने सम्मठाउँमा अब साउनको भेल उर्लिने छ । मलाई त मेरो ज्यानको माया छैन तर तिमीलाई रुवाउनु मेरो चाहाना होइन । अभैm त म कोशी पौडेरै तर्न सक्छु । कोशीलाई पनि थाहा छ, म पारी तिमीलाई भेट्न जाने गर्छु भनेर । तिम्रै लागि भनेर मैले कोशी मातालाई अलि ढिलो गरी बगिदेउन भन्ने गर्छु । यही कोशी साक्षी छ साँइली हाम्रो माया पिरतीको । उनलाई थाहा छ, पोहोर परार जस्तै यसपालीको बर्खा अघि पनि म तिमीलाई भेट्न पारी जान्छु भनेर । त्यसपछि हाम्रो भेट दशैंछेक तिर मात्र हुन्छ, जब कोशी बिस्तारो बग्न थाल्छिन् । त्यसैले डाँडा बजार हाटमा भेटौँ भनेर तिमीलाई पत्र लेख्दै छु । अनि तिमै्र गाउँतिर ससुराली भएका एक जना साथीसँग यो पत्र पठाउँदै छु । ऊ झोलुङ्गे तरेर आउँदै छ है । तिमै्र म ‘हावापानी’ गाउँको हावा जस्तै तर तिम्लाई औधी माया गर्ने तिम्रो साँइलो ।”
पत्र लेखिसक्दा साँइलोले तुरुक्कै आँशु पनि झा¥यो । साहै्र पो माया गर्छ साँइलीलाई ऊ । साँच्चै लाली गुँराश पूmलजस्तै रातै गाला भएकी अनि कञ्चनजङ्घा हिमाल जस्तै झरिलीभरिली र उज्याली छिन् साँइली । “खोइ कसरी पो पट्यायो मोरो साँइलोले” भन्दै दौँतरीहरु छक्कै पो परेका छन् ।

“आमा ! आज भात छिट्टै पकाउ है ।” “किन र ?” “आज मलाई छिटै भोक लाग्छ नि त ।” “के भन्छ यो ?” साँइला भात खाइवरी झोला बोकेर कोशी झर्न ठिक्क पर्छ । “अब कहाँ जानलाई झोला बोकिस् ?” साँइला फिस्स हाँस्दै भन्छ, “उता कोशीपारी डाँडा बजार जानलाई नि आमा ।” “होइन तँ त डाँडा बजार भनेपछि हत्ते गर्छस् त, को छ हँ त्यता तेरो ?” आमालाई थाहा छ उनको छोराको चालामाला । “होइन तिमीलाई काम सघाउने बुहारी चाहिँदैन र ?” बुझिहालिन् आमाले अनि सम्झिन् आप्mनो पालाको कथा पनि । “अनि यो बर्खामासमा कसरी जान्छस् ? तलको पुलबाट जान्छस् कि माथिको झोलङुगेबाट ?” “आमाको आशिर्वाद भए कोशी नै तर्छु र डाँडाबजार पुगेर मिलिक्कै आइहाल्छु नि ।” “भेल बढेको होला, कोशीलाई ढोगेर तर् है ।” यति भएपछि साँइला धाइफाल हान्दै कोशी झर्छ । जहाँ अलि सम्म परेको ठाउँ हुन्छ र लक्का जवानहरु पौडेरै कोशी पार गर्ने गर्छन् त्यहाँ पुग्छ साँइला । कोशी किनारमा पुगेर कट्टु मात्र बाँकी राखेर साँइला जीउको लुगा फुकालेर पोको बनाएर टाउकामा बाँध्छ । एक पटक कोशीमातालाई ढोग्छ र “जय कोशीमाता” भन्दै अरु केही जोशीला युवासँगै ऊ पनि कोशीमा हामफालेर पौडेर छिनमै पारी पुग्छ ।

बर्खाको झरनाहरुको पानी पिउँदै उकालो चढ्दै साँइला डाँडा बजार पुग्छ । ऊ आज साँइलीलाई केही उपहार दिने मुडमा छ किनभने बर्खा नसकिइ अब साँइलीसँगको भेट असम्भव छ । उसले चुरौटेको पसलबाट निकै राम्रा र सुन्दर चुराहरु किन्छ । त्यहीँ दुईथान केशमा बाट्ने रातो लाछा पनि किन्छ अनि एउटा गोलो ऐना र केही टिका पनि । हुन त उसलाई औँठी पनि किनुँ कि भन्ने नलागेको त होइन तर विहेमा मात्र औँठी लगाइदिने अठोट छ । एउटा रुमाल पनि किन्छ तर तुरुन्तै फर्काउँछ, रुमाल उपहार दियो भने बिछोड होला भनेर । साँइला केही खानेचिज पनि किन्छ । ल्वाङ, सुपारी, किसमिस, छोकडा, बदाम अनि पुस्टकारी र पान पनि । किनमेलको काम सकेपछि साँइलीलाई खोज्न निस्किन्छ साँइला तर डाँडाबजार सबै चाहार्दा पनि साँइली भेटिन्न । साँइलाको छट्पटी बढ्छ । मोबाइलमा सम्पर्क गर्छ तर साँइलीको मोबाइल अफ रहेछ । साँइला निराश हुन्छ साँइलीलाई भेट्न नसकेकोमा । कि साँइलीले ढाँटिन् ? तर ऊ पत्याउँदैन ।

“ए है !” साँइला तर्सेर झसङ्ग हुन्छ । साँइली त आप्mनै अगाडि पो ठिङ्ग उभिईराखेकी । “कहाँ थियौ र तिमी साँइली ?” “मलाई कतिको माया गर्दा रैछौ भनेर हेरेको नि त । तिमी यो डाँडाबजार तीनपल्ट ओहोरदोहोर ग¥यौ । म ऊ त्यहाँ डाँडामा बसेर तिमीलाई हेरिराखेको थिएँ” भन्दै खितित्त हाँस्छिन् साँइली । साँइलीको हाँसोमा साँइला हुनसम्म भुतुक्कै हुन्छ । सेता हिमाल जस्तै टलक्क टल्कने साँइलीका दाँतका पङ्ती कम्ति सुन्दर छैनन् अनि राताराता गाला कम्ति लोभलाग्दा छैनन् । सलक्क परेका जीउडालमा ढाकाको चौबन्दी चोली अनि छिट्को सारी, कम्मरमा सेतो पटुकीले साँइली बिछट्टै राम्री देखिएकी छिन् । ढाकाकै बर्को ओढेकी साँइलीको कान र नाकका सुनका गहनाले झिरिभ्mयाट्टै परेकी देखिएकी छिन् । सपक्क कोरिएका काला केश अनि केशमा उनिएका क्लिपले पनि उनको सौन्दर्यता निखारिएको छ । साँइलीको बोलीको टोन नै मोहनी लाउने खालको छ । पूर्वी पहाडी लवजको सभ्य भाषाको सम्बोधन सुन्दा साँइला भुतुक्कै पर्छ । त्यसो त साँइला पनि कहाँ कमको छ र ? डाँडा बजार आइपुग्ने बेलाको भञ्ज्याङ्मा उसले पनि दौरासुरुवाल, स्टकोट, ढाकाटोपी लगायो । कम्मरमा कालो पेटी बाँध्यो र कपडाकै कालै जुत्ता लगाए पछि त ऊ पनि कम्ति राम्रो देखिएको छैन । थाहा नपाउने किसिमले अघि नै साँइलीले नियाली सकिन् आप्mनो मायालुको सुन्दरता ।

अब उनीहरुलाई चाहिएको छ एकान्तता । उनीहरु बजारभन्दा अलि माथितिर लाग्छन् । बजारको थाप्लामा एउटा चौर छ । यो, साँइला साँइली जस्ता जोडिहरुको रोजाइको ठाउँ हो । आधुनिक भाषामा भन्दा डेटिङ् स्पट । उनीहरु त्यहाँ निकैबेर गफिन्छन् मनको धित् मरुन्जेल । माया पिरतीका कुरा, सँगै बाँच्ने सँगै मर्ने कुरा गर्दै । अनि साँइलाले झोलाबाट आप्mनी मायालुलाई मायाको कोशेली, चिनो झिकेर “लेऊ यो” भनेर साँइलीको काखमा राखिदिन्छ । साँइलीलाई थाहा छ तै पनि भन्छिन् “अप्पुई अन्त किन ?” “राखन” साँइला माया पोख्छ । “आमम्मम, अन्त के के हौ, पान र पुस्टाकारी पनि ?” साँइली मरुन्जेल हाँस्छिन् । हाँसो रोकिएपछि साँइलाको मुहारमा पुलुक्क हेरेर ती मायाको चिनोहरु पोको पारेर पटुकीमा जतनले घुसार्छिन् । साँइलाको मन ढुक्क हुन्छ ।

उनीहरु फेरि बजार झर्छन् । साँइला भन्छ “आऊ साँइली खाजा खाऊँ ।” उनीहरु गोसखानतिर जान्छन् । काँचो स्याउलाको छानो भएको थुप्रै छाप्रोहरुमध्ये एक छाप्रामा लगेर साँइलाले आप्mनी प्राण प्यारी साँइलीलाई राँगाको मासु र चिउरा खुवाउँछ । साँइली स्वाद मानी मानी खान्छिन् । दाउराको आगोमा ठूलो कराहीमा फत्फत गरेर पाकिरहेको राँगाको मासु कम्ति मिठो हुन्न । दोकाने महिला ग्राहकहरुलाई पातका दुनामा तात्तातै मासु पस्केर दिन्छिन् । कोही ग्राहकहरु मासुमात्रै र कोही चिउरा र खुर्सानीसँग बढो स्वादले खान्छन् ।

साँइला साँइली त्यहाँबाट बजार बीचमा पुग्छन् । “ओ दिदी, ओ दाजु पानी पुरी खानुहोस्” भन्ने आवाजले साँइला साँइलीको ध्यान खिचिन्छ । हुन त साँइलीलाई नै पानी पुरी खान मन पर्छ । दुर्गम पहाडका बजारमा पनि पानीपुरी बेच्न आइपुगेका छन् तराईका दाजुभाईहरु । मुन्टो ठाडो पारेर गाला पुक्क पारि पारि पानीपुरी खाइन् साँइलीले । अलिपर पुगेपछि डमरु बजाउँदै बरफ बेचिरहेको देखेपछि बरफ खुवाउन मन लाग्छ साँइलीलाई । “बरफ खाउन है साँइली !” “अँ भो हौ अन्त कति खानु ।” “खाउन खाऊ बरफले पेट ठण्डा हुन्छ, अघि धेरै खोर्सानी खायौ नि त ।” साँइलाले यसो भन्दा साँइलीले मायालु पाराले साँइलालाई पुलुक्क हेर्छिन् ।

उनीहरुलाई थाहा छ अब छुट्टिनु पर्छ भन्ने । अनायासै उनीहरुका पाइलाहरु बजारकिनारतिर सर्छन् । साँइलालाई विदा माग्न गाह्रो हुन्छ । साँइलीलाई पनि छुट्टिन उस्तै साह्रो । दुबै निकैबेर मौन उभिएपछि साँइला बोल्छ, “जाऊ है साँइली अब घर ।” साँइलीले साँइलाको मुहारमा पुलुक्क हेर्छिन् ।

“बर्खा लाग्यो साँइली ! अब आइरहन पाउँदिन । बर्खा थामिए पछि दशैँ छेकमा आउँछु है साँइली । अनि फेरि यो डाँडा बजार धित मरुन्जेल घुमौला ।” साँइली मौन उभिइरहन्छिन् ।

“छुट्टिऔँ है साँइली … खोइ त बोलेकी ?”

साँइली त गहभरि आँशु टिलपिल पार्दै एकपटक साँइलातिर पुलुक्क हेर्छिन् र सुँकसुँकाउन पो थाल्छिन् ।
“किन रोएकी साँइली ? यसरी नरोऊ मलाई गाह्रो हुन्छ ।”

“पछि आउँछ्यौ नि ।”

“के भनेकी साँइली तिमीले यस्तो ? म तिमीलाई भेट्न नआएर कहाँ जान्छु र ? तिमी नै हौ मेरो लागि यो संसारमा”
“तिमी कसरी जान्छौ ?”

“जसरी आएँ त्यसरी नै, कोशी तरेर आएँ कोशी तरेरै पुग्छु ।”

“कोशी तरेपछि फोन गर है एक चोटी ।”

“एक चोटी मात्र ? मेरी साँइलीलाई लाखौँ चोटी फोन गर्छु ।”

“ए यो लेउन ।”

“के हो नि यो साँइली ।”

“बाटोमा खोलेर खाऊ ल । घरमा आप्mनै हातले तिम्रो लागि खाजा बनाएर ल्याएकी ।” साँइलीको यस्तो माया पाएर साँइलाले पनि तुरुक्कै आँशु झार्छ । साँइली त हिक्का नै छाड्न थाल्छिन् ।

साँइला बाटो लाग्छ । साँइली सुँकसुँकाउँदै हेरिरहन्छिन् साँइलालाई पहाडले ओझल नपारुन्जेल ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…