२४ कार्तिक, ओखलढुंगा । ओखलढुंगाका ६ स्थानीय तहले अझै आवधिक योजना निमार्ण गरेका छैनन् । स्थानीय तहले आवधिक योजना, गाउँको बस्तुगत विवरण तयार नै नगरी योजना छनोट तथा बजेट खर्च गर्दै आएका छन् ।
संधीयता कार्यावन्यन भएको तीन बर्ष बिते र जनप्रतिनिधि आएको दुई वर्ष बिते पनि योजना बिनै बजेट खर्च भइरहेको छ । यसरी योजना बिनै नीति कार्यकक्रम ल्याएर बजेट खर्चने स्थानीय तहमा लिखु चम्पादेवी, खिजीदेम्वा, मानेभञ्ज्याङ, सुनकोसी र मोलुङ छन् ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत यी स्थानीय तहले बिना आवधिक योजना ल्याएका छन् । सिद्धिचरण नगरपालिकाले भने चालु आर्थिक वर्षदेखि पञ्चवर्षिय आवधिक योजना निमार्ण गरेर कार्यन्वयन सुरु गरेका छन् । आईतबारको अन्नपुर्ण दैनिकबाट