back

जीवनको उत्तरार्धमा निर्मल लामाले भनेका थिए-‘म त्यो पाप पखाल्न चाहान्छु’

वि.सं.२०७६ कात्तिक २४ आइतवार

171 

shares
NTC AD
Global IME AD

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कामरेड पुष्पलाललाई तत्कालीन चौथो महाधिवेशन र आफू स्वयमले पाप गरेको खुलासा नेपाली कम्युनिष्ट आन्दोलनका वरीष्ठ नेता निर्मल लामाले गरेका थिए ।

“संयुक्त जन आन्दोलन र क. पुष्पलाल ।” यस विषयमा केही भन्नु भन्दा अघि नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) ले यौटा पाप गरेको छ । म त्यो पाप पखाल्न चाहन्छु । त्यो के हो भने चौथो महाधिवेशनको केन्द्रीय कमिटिले पारित गरेर “गद्दार पुष्पलाल” भन्ने पुस्तक लेखिएको छ । त्यो किताबभित्र जुन वहस चलाईएको छ, त्यस वखतको सन्दर्भमा त्यसबेला हामी जुन भाषा बोल्थ्यौँ, हाम्रो चिन्तन प्रक्रिया जसरी गएको थियो, त्यो बहस चलाउँनु आवश्यक थियो तर त्यो पुस्तक बाहिर “गद्दार पुष्पलाल” लेखिनु हुँदैन थियो । विषय वस्तुको बहस चलाउनु पथ्र्यो । यसलाई चौथो महाधिवेशनको केन्द्रिय समितिको महामन्त्री थिएँ, म दिल्ली गएँ । मैले हाम्रो मुखपत्र मशालमा “कमरेड पुष्पलालको देहान्त नेपाल कम्युनिष्ट पार्टीमा अपूर्णीय क्षति” भनी प्रकाशित गरेँ । त्यसपछिको केन्द्रीय समितिले मेरो आलोचना ग¥यो, मलाई भन्यो– गद्दार भनिसकेकोलाई कमरेड भन्नु गलत, अपुरर्णीय क्षति भन्नु पनि गलत थियो । म एक्लो अडेँ, सिँगो केन्द्रीय समिति एकातिर, कम्युनिष्ट पार्टीको महामन्त्री एकातिर । मैले कमरेड भन्ने शब्द वापस लिइन । त्यसपछि अव यो लिइयो भन्ने भन्दाखेरि म बडो नामी मान्छे छु, म बडो उदारवादी छु, भइगयो महामन्त्रीले स्वयं आलोचना ग¥यो भन्नु होस् भने तर यो मिनेटस्मा मेरो अडान अहिले पनि छ, कमरेड भनेकोमा गल्ति गरेको छैन ।

अब यसपछि, म विषयमा जान्छु । विषयमा जाँदा अन्तर्विरोध, रणनीति, कार्यनीति, विकल्पको सरकार आदि कुरा चलेको छ, विषय छ, संयुक्त जनआन्दोलन । त्यसकारण संयुक्त जनआन्दोलनको आज व्यवहारिक रूप के छ ? त्यो व्यवहारिक रूपमा प्रकाश पार्ने क्रममा म यी सबै विषयलाई छुने कोशिस गर्दछु । सबै भन्दा पहिलो कुरा के हो भने आज यहाँ क.पुष्पलालको विषयमा एक पक्षीय कुरामात्र भएको छ र गल्ती नगर्ने र कमजोरी नहुने मानिस हुँदैन भन्दछन् । क.पुष्पलाल पनि त्यसैभित्र पर्नु हुन्छ । वहाँमा पनि गल्ति र कमजोरीहरू थिए तर जम्मामा भन्दा उहाँका उपलब्धिहरू धेरै छन् । ती उपलब्धि मध्ये उहाँले संयुक्त जन संघर्षको जुन नीति प्रतिपादन गर्नु भयो, त्यसलाई आज हामी व्यवहारमा उतारिरहेका छौँ । जुन बेला क. पुष्पलालले संयुक्त जन–आन्दोलनको कुरा उठाउनु भएको थियो, त्यो सिद्धान्तको कुरा थियो, त्यो व्यवहारमा उत्रेको थिएन । आज जुन परिस्थितिमा हामी क. पुष्पलाल र संयुक्त जन आन्दोलनको कुरा गरिरहेका छाँै, त्यो सिद्धान्त हैन, व्यवहारमा हिजो आज तपाई हामीले भोगीरहेको जीवनको शैली भएको छ । त्यस कारण म के चाहन्छु भने आज संंयुक्त जनआन्दोलन कुन विन्दुमा पुगेको छ ? संयुक्त जन आन्दोलनलाई हामीले कसरी हेरिरहेका छौँ ? यो कस्तो किसिमको कार्यनिति हो ? यो कहाँ निर गएर रणनीतिसँग जोडिन्छ ? यसको अन्तर्विरोधसँग के सम्वन्ध छ ? यसरी हामीले हेर्न थाल्यौँ भने यसरी हामीले बोलाउन थाल्यौँ भने हामी संयुक्त जन आन्दोलनलाई सही दिशा दिन सक्दछौँ र यो क. पुष्पलाल प्रति सही श्रद्धाञ्जली हुनेछ ।

म के भन्न गइरहेको छु भने हामी कम्युनिष्टहरू कल्पनामा उडिरहेका थियौँ, गाउँबाट शहर घेर्ने, गुरिल्ला युद्ध गर्ने, नयाँ जनबादी क्रान्ति सफल गर्ने सपना बोकेर हिँडिरहेका थियौँ । वर्षौ हामी यही सपना हिड्यौँ । अन्ततः हामीले पछिल्तिर फर्केर हे¥यौँ, कम्युनिष्ट पार्टी टुक्रा–टुक्रा भईसकेको थियो । जनता पञ्चायती जातोमुनी पिसिइरहेका थिए, तब हामीहरुले भन्यौँ–अब हामीले असफल हुनाको कारण खोज्नु पर्छ, त्यसको निम्ति हामीले नेपाली जनतालाई टटोल्यौ, नेपाली जनताको अध्ययन गर्न खोज्यौँ, नेपालको अन्तर्विरोध खोज्न थाल्यौँ । हामीहरूलाई पढाइएको थियो, नेपाली जनताको सामन्तवाद र साम्राज्यवादसँग अन्तर्विरोध छ । सामन्तवाद र साम्राज्यवादलाई हराउनको निम्ति एउटा विशाल मोर्चा बनाउनु पर्छ । हामीहरु लगातार राष्ट्रिय मोर्चा बनाउने प्रयत्नमा रह्यौँ तर सफल हुन सकेनौँ । राष्ट्र खतरामा परेको बेला, वैदेशिक हस्तक्षेपको विरूद्ध संयुक्त मोर्चा बनाउन सजिलो छ तर निरंकुश राजतन्त्रको विरूद्ध प्रजातन्त्रको निम्ति संयुक्त मोर्चा बनाउन ज्यादै कठिन छ । रुस चीनको बारेमा हामीलाई जे पढाइएको थियो हचुवा तालले पढाइएको थियो । चिनको जस्तो संयुक्त मोर्चा भनियो तर, चिनमा किन त्यस्तो संयुक्त मोर्चा हुन सक्यो भनिएन, रुसमा जस्तो क्रान्ति भनियो तर रुसमा त्यस किसिमको क्रान्ति किन हुन सक्यो भनिएन । चीनको जस्तो संयुक्त मोर्चामा विचार गरौँ, चिनमा संयुक्त मोर्चा हमेशा साम्राज्यवादको विरोधमा भएको थियो, साम्राज्यवादले आक्रमण गरेको बेला भएको थियो । हाम्रो देशमा अहिलेसम्म कसैले आक्रमण गरेको छैन, हिन्दुस्तानको हस्तक्षेप छ, हिन्दुस्तानको आर्थिक दवाव पनि छ तर हिन्दुस्तानले सैनिक आक्रमण गरेको छैन । हामी नेपालको सामन्तवाद र भारतको विस्तारवादको विरोधमा एकसाथ लड्न जान्छौँ ।

हामीहरूले गाउँघरमा हेरौँ । गाउँ घरमा हामीले वर्ग संघर्ष चलाउँछौँ । कस्को विरोधमा सामन्त, जाली, फटाहा र भ्रष्ट कर्मचारीको विरोधमा । यो सबै हिन्दुस्तानको फौज हैन, यो सबै राजाको राजनैतिक सेना हो । हिन्दु्स्तानको यिनीहरूसँग कुनै सम्वन्ध छैन । यिनीहरूसँग लड्दाखेरि भारतीय विस्तारवादको किन नाम लिने ? त्यस कारण हाम्रो लडाई गाउँदेखि शहरसम्म जहाँ पनि सामन्तवाद विरोधी छ । त्यसकारण हामीहरुले सामन्तवाद विरोधी संयुक्त मोर्चा बनाउनु पर्दछ, साम्राज्यवाद विरोधी होइन, मैले यस कुरालाई विशेष जोड दिएर किन भन्न चाहेको भने, राष्ट्रिय उभार उठाउन, राष्ट्र खतरामा परेको बेला संयुक्त मोर्चा बनाउँन बहुत सजिलो छ । तर, निरंकुश राजतन्त्रको विरूद्ध प्रजातन्त्रको निम्ति संयुक्त मोर्चा बनाउँन ज्यादै कठीन र ज्यादै जटिल छ । यस कठीन र जटिलतालई बुझेपछि हामीहरूले भन्यौ, हाम्रो प्रधान अन्तर्विरोध कुनै साम्राज्यवादी या भारतीय विस्तारवादीसँग होईन, अहिलेको हाम्रो विरोध राजतन्त्रसँग हो र यहाँको सामन्तवादसँग हो । त्यो सामन्तवादले पञ्चायती खोल ओढेको छ ।

त्यसकारण सबभन्दा पहिले पञ्चायतको अन्त्य गर्नु पर्दछ । यसरी राजतन्त्रलाई प्रमुख शत्रु ठानेपछि अनि हामीहरूले मित्रवर्ग खोज्न थाल्यो । मित्रवर्ग खोज्दा हामीले के पायौ भने २०१७ सालमा सत्ता गुमाएको नेपाली काँग्रेस राजाको हातबाट सत्ता खोस्न चाहन्छु, प्रजातन्त्रको नाम दिएर, प्रजातन्त्र ल्याउन चाहन्छु । तब हामीहरूले भन्यौ नेपाली काँग्रेससँग संयुक्त मोर्चा गर्नु पर्दछ । नेपाली काँग्रेससँग संयुक्त मोर्चा गर्न कुरा गर्दा हामीलाई भारतीय दलालको तक्मा भिराइयो । काँग्रेसपरस्त भनियो । चौथो महाधिवेशनबाट हामीलाई निकालेर पठाइयो । तर हामीहरूले आफ्नो नीति छोडेनौ । हामीहरुले फेरि चौथो महाधिवेशन सङ्गठित ग¥यौ र आफ्नो नीति लिएर अगाडि बढ्यौँ । यसरी क.पुष्पलालले जुन संयुक्त जन आन्दोलनको नारा दिनु भएको थियो, त्यसलाई हामीहरुले सैद्धान्तिक विश्लेषण दियौ । यसरी यस नारालाई सैद्धान्तिक विश्लेषण दिएर हामीहरूले एक कदम अगाडि बढायौँ । हिजो क.पुष्पलालले उठाउनु भएको संयुक्त संघर्ष जसलाई हामीहरुले सैद्धान्तिक र राजनैतिक आधार दियौ, आज जनताको हातमा पुगेको छ र जनताले अन्तरिम सरकार र नयाँ संविधान लेख्ने अधिकार प्राप्त गरेका छन् ।

हिजोको गल्ली, सडक र गाउँ घरको संघर्ष, आज टेबुलमा पुगेको छ । आज अन्तरिम सरकारमा पुगेको छ र आज संविधान सूझाव आयोगमा पुगेको छ, अब हामीलाई चारैतिरबाट प्रश्न आउँछ, काँग्रेससँग एकता कहिलेसम्म, वाम मोर्चाको एकता कहिलेसम्म, काँग्रेस र वाममोर्चा फुट्नु हुन्न । बाममोर्चा आफैँ पनि फुट्न हुन्न । अत्यन्त राम्रो, अत्यन्त उच्च विचार । तर यस विचारको पछि राजनीति छैन, सिद्धान्त छैन । यो विचार पछाडि केवल भावना छ । हामीले बुझ्नुपर्छ हाम्रो नेपाली काँग्रेससँगको एकता राजनैतिक एकता हो । यो राजनैतिक एकता भनेको आजको सन्दर्भमा राजालाई संविधान अन्तर्गत बाँध्ने एकता हो । यदि यो कुरा हुँदैन भने हाम्रो नेपाली काँग्रेससँग एकता रहन सक्दैन । यस कुरालाई हामीहरुले गम्भीर रुपमा चिन्तन मनन् गर्नु पर्दछ ।

एकातिर हाम्रा वामपन्थी साथीहरू छन्, जो भन्दछन् अन्तरिम सरकारमा जानु गलत हो, संविधान सूझाव आयोगमा जानु गलत हो, त्यहाँ जानु हुँदैन, यो भन्ने साथिहरुले आफ्नो रणनीति स्पष्ट रूपमा राखेका छन् । आफ्नो रणनीति अनुसार म नयाँ जनवादी क्रान्ति गर्छु भन्दछन् । हामी गुरिल्ला युद्ध गर्छौ, सशस्त्र संघर्ष गर्दछौ भन्दछन् तर आजको जनतालाई आवश्यक भएको राजनीतिमा हात हाल्दैनन् । आज राजालाई संविधान अन्तर्गत बाँध्ने कुरा गर्दैनन् । अन्तरिम सरकारलाई समर्थन गरेर जनताको अधिकार राजाबाट खोसेर जनतालार्ई हस्तान्तरण गर्ने कुरा गर्दैनन् । म उनिहरुसँग के भन्ने गर्दछु भने तपाईहरूसँग रणनिति छ तर कार्यनीति छैन । कार्यनिति नभएको हुनाले तपाईहरू जनताबाट अलग्गिनु भएको छ । हामी जनताबाट अलगिदैनौँ । हामी नेपालको दैनिक राजनितिबाट हामी हात हटाउँदैनौँ । अर्का साथीहरु छन् जससँग यो कार्यनीति छ तर रणनीति छैन, वर्ग संघर्ष छैन, माक्र्सवाद छैन, नयाँ जनवादी क्रान्ति पनि छैन । यो नुहुनुको तात्पर्य के हुन्छ भने नेपाली कांग्रेसले जे गर्छ त्यसलाई स्वीकार गर्नु । त्यसकारण क. पुष्पलालको संयुक्त जनआन्दोलनको सिद्धान्तलाई दुईतिरबाट आक्रमण छ । रणनीतिमात्र हुनैले यस सिद्धान्तलाई दक्षिणपन्थी भनेर आक्रमण गरेका छन् । मलाई लाग्दछ, यस बेला क.पुष्पलाल जीवित रहनु भएको भए संयुक्त जन–आन्दोलनको बारेमा मैले जुन दृष्टि राखेको छु, त्यस दृष्टिमा फरक खाने थिएन । म ठोकुवा गरेर किन भन्न सक्दछ भने मैले क. पुष्पलालको साथ सँगै बसेर धेरे वर्ष काम गरेको छु । जुन बेला म काठमाडौँ जिल्ला समितिको सचिव थिएँ, त्यसवेला हामीहरुले ठूला–ठूला संघर्षहरु ग¥यौँ, ती तमाम संघर्षहरुमा क. पुष्पलालले निर्देशन दिनु हुन्थ्यो त्यसपछि पनि हामीहरू धेरै समयसम्म साथ रह्यौं । त्यसकारण क. पुष्पलाल कसरी सोच्नु हुन्छ, उहाँको चिन्तनधारा कतातिर छ भन्ने अनुमान लगाउन सक्दछु र भन्दछु–आज पनि उहाँले हामीलाई सही बाटो दिन सक्नु हुने थियो ।

यो भन्दाभन्दै, मैले अगाडि भनेको थिएँ, त्यो याद दिलाउन चाहन्छु । क. पुष्पलाललाई हामीहरुले एक पक्षीय रुपमा हेर्नु हुन्न, गल्ती र कमजोरीहरु हरेक मानिसहरुमा हुन्छन् उहाँमा पनि थिए । आज संयुक्त जन–आन्दोलनका उपलब्धिहरु केलाउने र तिनलाई सुरक्षित गर्ने बेला भएको हुनाले आज हामी गल्ती कमजोरीका कुराहरु नगरौँ यति मात्र भनौँ, क.पुष्पलालमा केही गल्ती, कमजोरीहरू थिए तर तिनलाई उहाँका उपलब्धिहरुले ढपक्क ढाकेका थिए । अर्को कुरा क. पुष्पलालको संयुक्त जन–आन्दोलनको सिद्धान्त सफल भयो भनेर कमरेडहरुले दावी गर्नु भएको छ, म भन्दछु, त्यो सफल भएको छैन, त्यसले पहिलो कदम मात्र चालेको छ । अर्को शब्दमा, सैद्धान्तिक रुपमा त्यो सफल भएको छ, व्यावहारिक रुपमा त्यसले पहिलो कदम मात्र चालेको छ । यस अवस्थामा नेपाली काँग्रेसका मनोमानीप्रति र संयुक्त बाममोर्चाका आन्तरीक कमजोरिहरु प्रति यदि हामी सतर्क भएनौँ भने क. पुष्पलालको संयुक्त जन–आन्दोलनको नीति व्यवहारमा असफल हुनेछ र अघि हाम्रा भारतीय कमरेडले भने जस्तै १९६० फेरि दोहोरिने छ । त्यसप्रति हामी सर्तक रहनु पर्छ ।

यस विषयमा म फेरी दोहोयाउन चाहान्छू की नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) ले यौटा पाप गरेको छ । म त्यो पाप पखाल्न चाहन्छु ।
( पुष्पलाल स्मृति प्रतिष्ठानद्धारा ०५२ श्रावणमा प्रकाशित स्मृति अंकमा प्रकाशित )

वि.सं.२०७६ कात्तिक २४ आइतवार १६:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...