Sansar News- Nepal's Fast Khabar Online News Portal

आखिर कालापानीमा भारत किन यस्तो गर्दैछ ?

संसार न्यूज़
१ महिना पहिले
आखिर कालापानीमा भारत किन यस्तो गर्दैछ ?

ई. १९९९ पछि राजधानीमा एउटा अनौठो समाचार प्रवाहित हुन थाल्यो, जसअनुसार पश्चिमी सीमा महाकालीको कालापानी क्षेत्रमा १९६ वर्ग किलोमिटर भू–भागमाथि विदेशी सेनाले कब्जा जनाई बसेको छ । त्यस यता त्यस अतिक्रमित भू–भागका बारेमा नेपालको बौद्धिक समुदायका बीच जीवन्त अन्तरक्रिया र बहस विवादहरू उठे । नेपाली सांसदहरूले त्यसलाई नेपाली भूमि माने भने भारतीयहरूले भारतको संसदमा उठेका प्रश्नहरूका सन्दर्भमा त्यहाँका विदेश राज्यमन्त्री बसुन्धरा राजे सिन्धियाले नेपालले भारत–नेपाल सीमाको कालापानी खण्डको २५ किलो मिटर क्षेत्रमाथि दाबी गरेको बताएकी थिइन् भने नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५५ असार ४ गते राष्ट्रियसभा प्रात्यायोजन व्यवस्थापन सरकारी आश्वासन समितिमा एक आधिकारिक पत्र उठाउँदै लिपुलेक नै दुवै देश बीचको सीमाना हो भन्ने विचार व्यक्त गर्दै ई. १८५० र ५५ मा सर्वे अफ इण्डियाबाट प्रकाशित नक्सा नै त्यसो भन्ने आधार भएको विचार व्यक्त गरे । उता स्थानीय विज्ञ व्यक्ति, इतिहासविद् तथा अनुभवी नेपालीहरू तथा अनुभवी नेपालीहरू चाहिँ यी भनाइको अर्थात् नेपाली प्रधानमन्त्रीको अडानको समेत विरोध गर्दै लिम्पियाधुरा नेपाल–भारतबीचको वास्तविक पश्चिमी सीमाना रहेको बताउँछन् । यस प्रकार समकालीन नेपालको इतिहासमा यो एउटा ज्वलन्त समस्या बनेर गएको छ र यसले हाम्रा दुवै देश बीचको सम्बन्धमा गम्भीर असर पार्ने देखिएको छ । कहाँसम्म भने २०५३ असोज ४ गते नेपाली संसदको संयुक्त अधिवेसनमा एकिकृत महाकाली सन्धि विषयमा बहस हुँदासम्म उक्त सन्धि विरोधी सांसदहरूले कालापानी समस्या समाधान नभई महाकाली सन्धि गरिनु नहुने अभिप्राय व्यक्त गरेका थिए तर बहुमतको अगाडि यस्ता राष्ट्रियताका पक्षपाती एकमुठी सांसदहरूको भनाई त्यहाँ हावामा उडेर गयो । फलतः आजपर्यन्त यो समस्या यथावत् रहेको छ ।
यस पृष्ठभूमिमा हामीले कालापानी विवादमाथि निक्र्यौल गर्नुपरेको छ । त्यसरी हेर्दा के पाइन्छ भने कालापानीको विवादको वास्तविक स्रोत भनेको सुनौली सन्धि नै हो किनभने उक्त सन्धिले नेपाल–भारतबीचको पश्चिमी सीमाना महाकालीलाई तोकेता पनि त्यसको उद्गम बिन्दु किटान गरिएन । धेरै पछिमात्र सीमांकन कार्य हुन थाले । त्यसमा पनि यो क्षेत्र अत्यन्त दुर्गम विकट भू–भागमा पर्न जाँदा त्यसबखत यसको संवेदनशीलताका बारेमा उचित ध्यान पु¥याइएन तथापी सरकारी पत्राचार, ब्रिटिस भारतकालिन मान्यता प्राप्त लेखकहरूका ग्रन्थ तथा नक्सा आदिमथि ध्यान दिएर हेरियो भने यस १९६ वर्ग किलोमिटर भू–भागमा भारतीय फौजको अतिक्रमण भइरहेकोमा कुनै द्विविधा रहँदैन तर स्वयं नेपालका प्रधानमन्त्रीले लिपुलेक नै हाम्रो सीमाना हो भन्ने घोषणा गरेपछि लिपुलेकदेखि लिम्पिपाधुरासम्मको १६१ वर्ग किलोमिटर भू–भाग स्वतः भारतको हुन पुगेको छ र राष्ट्रवादी देशभक्त नेपालीहरूका लागि यस खिन्नताको विषय बनेको छ । कालापानि क्षेत्र, जो माथि भनिएझैँ १९६ वर्गकिलोमिटर अर्थात् १६९०० हेक्टर भू–भागमा महाकाली अञ्चल दार्चुला जिल्ला व्यास गाउँ विकास समिति १ मा पर्ने अत्यन्त विकट दुर्गम स्थान हो ।

यसबाहेक नाभीङाङ् व्यासक्षेत्र, नाभी, कुटी र गुन्जी गाउँहरू पनि अतिक्रमणमा परेका छन् जो विभिन्न स्थानीय बोलीमा पनि सम्बोधन गरिन्छ । भारतमा महाकाली नदीलाई शारदा नदी भनिन्छ भने नेपालमा स्थानीय जनताहरू ‘काली’ मात्र भन्दछन् । महाकालीको उद्गम स्थललाई भारतमा ‘तुलसी नोराङ’ भनिन्छ । नेपाली पक्षको भनाइअनुसार त्यो ‘कृतिम कालापानी’ हो । वास्तविक कालापानी चाहीँ लिम्पियाधुराबाट निस्कने ‘कुटीयाङ्दी’ हो यो स्थानीय सौंका जनजातिको भाषामा गरिएको सम्बोधन हो जसको अर्थ हुन्छ–कुटी भनेको काली र याङ्दी भनेको नदी अर्थात् कालीनदी । यसरी के अर्थिन आउँछ भने कालापानीको वास्तविक समयमा समसया भनेको कालो नदीको उद्गम स्थान नै हो । त्यो हुनासाथ वर्तमानमा भारतीय सेनाले अधिकार जमाइ बसेको क्षेत्र नेपाल भारत कसको भू–भाग हो भन्ने तथ्य पनि स्वतः स्पष्ट भएर आउन थाल्छ ।

काली नदीको जलाधार क्षेत्रमा रंगुनचल्थी, सरपु, गोरीगंगा, धौलीगंगा, चौलानी, टिंकर, अपि, लिपु आदि नदी र हिम नदी बगेका छन् । यिनीहरू मध्ये जोलिङ्काङ्् पर्वत श्रृङ्खलाको लिम्पियाधुरा तर्फबाट निस्कने कुटीयाङ्दी सबभन्दा प्रवल हिमनदी भएकोले यही नदी महाकाली नदीको मुहान हुनुपर्दछ भन्ने एक थरी विज्ञहरूको भनाई रहेको पाइन्छ । तिनीहरूका बिचारमा हात जसरी भारतले तुलसीन्युराङ्मा कालीको कृतिम मुहान खडा गरी त्यसैलाई कालीको सक्कली उद्गम स्थान भनेको छ त्यो अतिक्रमणलाई वैधानिकता प्रदान गर्ने कसरतमात्र हो । गिरिजाप्रसाद कोइरालाको अडान भनेको चाहिँ यही तुलसीन्युराङ्भन्दा ६ किलोमिटर उत्तरस्थित लिपुधुरा वा लिपुलेक नै देशको पश्चिमी सीमा हो । यदि यस भनाईलाई मान्ने हो भने भारतले १९६ होइन ३५ वर्गमिटर भू–भाग हडपेको ठहरिन्छ । यसै आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले “एकाध रोपनी जमिन, केही करोड रुपैयाँ वा केही अरब रुपैयाँको कुरा मात्र हेरेर हुँदैन । हाम्रो ऐतिहासिक मित्रता र व्यापक सहयोगको सम्भावना सामु ती केही पनि होइनन्” भनेको छ । उता नेपाली काँग्रेसका नेता तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिपुलेकलाई पश्चिमी सीमाना घोषणा गरी १६१ किलोमिटर भू–भाग चाहिँ पहिला नै नेपालको नरहेको ठहर गरिसकेका छन् तर भारत भने बाँकी रहेको ३५ किलोमिटर भू–भाग पनि नेपाललाई छोड्न तयार छैन ।

यति सानो भू–भागका लागि भारत किन यस्तो ढिड्न्याई गरिरहेको होला ? भन्ने प्रश्न पनि उठ्न सक्दछ । उत्तर स्पष्ट छ कालापानी क्षेत्रको सामरिक महत्व नै यसको पहिलो कारण हो । ज्ञातव्य छ यो स्थल नेपाल भारत र चीनको संगमस्थल अर्थात् त्रिकोण ९त्चष्वगलअतष्यल० मा पर्दछ । बैतडी माथिको पिथौरागढ (उत्तर प्रदेश) जिल्लाको जौलजिवीको माथिल्लो क्षेत्रलाई भारतले आफ्नो सुरक्षा प्रणालीमा पारी ‘निषेधित क्षेत्र’ घोषित गरिराखेको छ । त्यस निषेधित क्षेत्रमा विशेष अनुमति पत्र नलिई कुनै पनि असैनिक भारतीयलाईसम्म प्रवेश निषेध गरिएको छ र भारतले १०–१५ मिनेटको अन्तरमा सैनिक क्याम्प खडा गरिराखेको छ ।
तदनुरूप भारतले नेपालतर्फका अतिक्रमित भू–भागको नाभीङाङ, तुलसीन्युराङ्, गुन्जी र छोटा कैलाशमा पनि आफ्ना सैनिक क्याम्पहरू खडा गरेको छ । जहाँ त्यसले भारत–तिब्बत सीमा प्रहरी ९क्ष्त्द्यए० नामको अर्ध–सैनिक बल तैनाथ गरेको छ । एउटा सामान्य विश्वासअनुसार भारतले यो अतिक्रमण ई. १९६२ वरिपरि ग¥यो र सोहि समयबाट त्यहाँ यो सीमा प्रहरी तैनाथ रहेको छ । तुलसीन्युराङ् एक समतल भू–भागमा अवस्थित टापु हो जहाँबाट शत्रु पक्षका सैनिक गतिविधि सजिलै अवलोकन गर्न सकिन्छ र यस्तो सरेकपर्दो भू–स्थल यस क्षेत्रमा कतै पनि छैन जहाँ दुईवटा हेलिकप्टर एकैपटक अवतरण गराउन सकिन्छ र हाल त्यहाँ भारतले १० वटा सैनिक महत्वका क्याम्प र पक्की घरहरू बनाइराखेको छ ।

यसको सबभन्दा ठूलो सामरिक महत्व के हो भने भविष्यमा आइपरेको खण्डमा चीनले यताबाट भारततर्फ प्रवेश गर्नुपर्ने हुन्छ र यो चीनबाट भारतको राजधानीसम्म पुग्ने सबैभन्दा छोटो बाटो हो जो ५०९८ मिटरभन्दा कम उचाइमा अवस्थित छ । तसर्थ भारत यो सामरिक महत्वको स्थलबाट पछाडि हटेर त्यसको सामरिक महत्व गुमाउन चाहदैन । त्यसबाहेक यस क्षेत्रको धार्मिक, व्यापारिक र पर्यटकिय महत्वपनि रहेको छ । तिब्बतस्थित कैलाश पर्वत र मनसरोवर जाने तीर्थ यात्री मात्र होइन तिब्बतको लाक्लाकोट पुग्ने सुगम तथा छोटो व्यापारिक मार्ग पनि तीर्थ यात्री मात्र होइन तिब्बतको लाक्लाकोट पुग्ने सुगम तथा छोटो व्यापारिक मार्ग पनि यहि हो । हाल यो बाटो भारतीयहरूको मात्र उपयोगमा रहेको छ । नेपालीहरूका लागि बर्जित छ । उसको शीघ्र नै त्यहाँ मोटर बाटो पु¥याउने लक्ष्य राखेको छ जो तुलसीन्युराड् भन्दा ४० किलोमिटर दक्षिण अवस्थित माङ्तीसम्म आइपुगेको छ । उता लिपुभञ्ज्यांगबाट करिब ३० किलोमिटरको दूरीमा चीनको सिङ्क्याङ् तिब्बत मार्ग (रेशम मार्ग) लम्पसार परेको छ र दार्चुला जिल्लालाई मोटर मार्गद्वारा त्यससँग जोडिदिने हो भने त्यसको सम्पर्क मध्य एसिया हुँदै क्यास्पियन सागर र यूरोपसम्म पुग्न सकिने एउटा स्वर्णीम कल्पना गर्ने कल्पनाकारहरू पनि नभएका होइनन् । तिनीहरूको विचारमा यसो भएको खण्डमा भारतीय भूमि नछोइकनै काराकोरमपास पुग्न १,१०० किलोमिटर पछि त्यहाँबाट पाकिस्तानको सीमासम्म पुग्न १०० किलोमिटर मार्गको दूरी पर्छ ।

 

डा सुरेन्द्रकेसीद्धारा लिखित तथा सविता प्रकाशनद्धारा बि सं २०५८ मा प्रकाशित नेपालको विदेशनीति तथा वैदेशिक सम्बन्ध पुस्तकबाट लिइएको हो ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल ३ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…