Sansar News- Nepal's Fast Khabar Online News Portal

कालापानी र भ्रमहरु

संसार न्यूज़
१ महिना पहिले
कालापानी र भ्रमहरु

काली नदि लिम्पियाधुराबाट निस्केको नदी हो भनी किटानी सहित लेखिएको भएता पनि त्यसलाइ नमानीकन एउटा पहाडबाट निस्केको सानो तिरतिरे खोलालाई भारतले काली नदी मान्दै आएको छ। यहि नै ब्रिटिश इन्डियाको विरासत बोकेको वर्तमान भारतको भ्रम हो ।

नेपाल र भारतको सीमा भन्नाले सन् १८१६ मा ब्रिटिश इन्डिया र नेपालबीच भएको सुगौली सन्धिलाई सम्झनुपर्छ। जसमा लिम्पियाधुराबाट निस्केको काली नदी पुर्वको भुभाग नेपाल र पश्चिम तर्फ भारत भनेर प्रस्ट रुपमा किटानी सहित लेखिएको छ, र कालापानी काली नदीको पुर्व तिर भएको हुनाले कालापानी, लिपुलेक र लिम्पियाधुरा पास नेपालको हो भन्ने कुरा स्पस्ट हुन्छ ।

भ्रमहरु :
भ्रम नं १ : – समय समयमा बल्झिने यहि कालापानीको मुद्दालाई लिएर नेपाली जनमानसमा व्याप्त भ्रमका कारण वर्तमान सम्मानिय प्रधानमन्त्री केपी ओली र साविक प्रधानमन्त्री शेर बहादुर देउवालाई ‘महाकाली सन्धी’ गरेको भनेर सत्तोसराप गरेको पाइन्छ तर स्मरण के रहोस भने त्यति बेला हरेक १०र १० वर्षमा पुनरावलोकन गर्ने गरि ७५ वर्षको लागी ‘महाकाली सन्धी’ भएको थियो जुन महाकाली नदीको जलश्रोतको बांडफाँडका लागि शारदा नदी परियोजना, टनकपुर परियोजना र पन्चेश्वर परियोजनाको सम्बन्धमा थियो न कि कुनै सीमाको सम्बन्धमा । हो महाकाली सन्धीमा नेपालले सुक्खायाममा बढी पानी र विध्युत भारतलाई आपूर्ति गर्नु पर्ने भनेर उल्लेख गरिएको कुरा आफैमा असमान छन ती बुंदाहरुलाई पुनरावलोकन गर्दा सम्बोधन गर्न सकिन्छ । कालापानीमा भारतले पहिलो पटक सन १९६२ मा सिनो(इन्डो युद्धको समयमा कब्जा जमाएको हो, त्यति बेलाका शासक राजा महेन्द्र थिए (शेरबहादुर देउवा र केपी ओलीहरु त त्यतिबेला मट्याङरा खेल्ने बालक अवश्थामै थिए) भारतले त्यसरी कब्जा जमाइसके पछि आफ्नो शासन सत्ता टिकाउनका लागि न त राजा महेन्द्रले यो बिषयमा बोले न त राजा बिरेन्द्र नै यो बिषयमा बोले, सन १९६२ देखि १९९६ सम्म कालापानीको सम्बन्धमा नेपाल मौन रहयो जसले गर्दा कालापानीमा भारतले इन्डो-टिबेट बोर्डर प्रहरी तैनाथ गरि कब्जा जमाउन सफल भयो । हामीले बरु सम्माननिय प्रधानमन्त्री केपी ओली र पर्यटन मन्त्री योगेश भट्टराईलाई धन्यवाद भन्नु पर्छ जसले बहुदल आएसी पहिलो पटक १९९८ मा ‘कालापानी फिर्ता गर” भनेर अभियान चलाए, नत्र कसलाई थाहा थियो कालापानी भनेको कुन चराको नाम हो भनेर ??

भ्रम नंं २: – भारत स्वतन्त्र भएदेखि बनाउँदै गएको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारिएको छ ( यसलाई आधिकारिक नक्सा मान्न सकिँदैन, नेपाल सरकार र पाकिस्तानले अस्विकार गरिसकेको छ) । सन १८५६ मा भारतको सर्वेक्षण विभागले नै ‘नेपाल एन्ड कन्ट्रीज एड्जोइनिङ टु दि साउथ, वेस्ट एन्ड इस्ट कम्पाइल्ड इन द अफिस अफ सभेर्यर जेनरल अफ इन्डिया’ शिर्षकमा प्रकाशित गरेको नक्सा र ब्रिटिश सर्भेअर अफ इन्डियाले १८२७ मा ‘गढवाल- कुमाऊू’ शिर्षक दिएर प्रकाशित गरेको नक्सामा काली नदि लिम्पियाधुराबाट निस्केको नदी हो भनी किटानी सहित लेखिएको भएता पनि त्यसलाइ नमानीकन एउटा पहाडबाट निस्केको सानो तिरतिरे खोलालाई भारतले काली नदी मान्दै आएको छ। यहि नै ब्रिटिश इन्डियाको विरासत बोकेको वर्तमान भारतको भ्रम हो ।

म मान्दछु, यदि भविष्यमा भारत र चिन बिच युद्ध हुने अवश्थामा भौगोलिक हिसाबले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतको स्थिति मजबुत हुन्छ तर आफ्नो स्थिति मजबुत बनाउनको लागि अर्काको भुभाग नै हडप्नु मिल्दैन । त्यही पनि आजको अत्याधुनिक हतियारहरुले युद्ध गर्ने आधुनिक जमानामा त्यत्रो पहाड छिचोलेर चीन किन नै आउथ्यो होला र ?  यो पनि सोचनिय बिषय हो ।

श्रोत : जनगणना बि.स. २०१८, नेपाल एन्ड कन्ट्रीज एड्जोइनिङ टु दि साउथ, वेस्ट एन्ड इस्ट कम्पाइल्ड इन द अफिस अफ सभेर्यर जेनरल अफ इन्डिया, ब्रिटिश सर्भेअर अफ इन्डियाले १८२७ मा प्रकाशित नक्सा ‘गढवाल(कुमाऊ’ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल ३ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…