Sansar News- Nepal's Fast Khabar Online News Portal

चुनावी प्रचारमा तीव्रता

संसार न्यूज़
१ महिना पहिले

२५ कात्तिक, काठमाडौँ । कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो ।

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारहरु मतदातालाई आकर्षित पार्नका लागि घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएको देखिन्छ ।

उम्मेदवारहरु घरघरमा पुगेर मतदाताबीच आपूm सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुखदुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् । प्रायः सबै उम्मेदवारले पोखराको पर्यटकीय क्षेत्रका रुपमा अन्तर्राष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्वासी, नदी नियन्त्रण लगायतका समस्या समाधान गर्ने सम्बन्धमा मतदाता समक्ष वाचा गर्दै मत माग्ने कार्यमा जुटेको देखिन्छन् ।

निर्वाचनमा सहभागी भएका राजनीतिक दलका कार्यकर्ताहरु चुनावी घोषणापत्रबारे मतदातालाई जानकारी गराउनाका साथै पर्चा, पम्प्लेट वितरण कार्यमा जुटेका छन् । स्वतन्त्र पक्षका उम्मेदवारका कार्यकर्ता पनि आफ्ना उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसारमा जुटेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् । स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचारप्रसारका लागि समिति गठन गरेका हुन् ।

कास्की क्षेत्र नं २ मा १० स्वतन्त्रसहित २१ जना चुनावी मैदानमा छन् । सोमध्ये चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई र राप्रपा संयुक्तबाट गङ्गा मल्ल छन् भने स्वतन्त्र रुपमा लक्ष्मीकुमारी भुजेल र जमुना शर्मा छन् । उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका काङ्ग्रेसका ७४ वर्षीय खेमराज पौडेल र कान्छो उम्मेदवारका रुपमा २६ वर्षीय सुनील भुसाल हुनुहुन्छ । उनी स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी भएका छन् । (रासस)

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…