Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुस् यस्तो छ तपाईको आज (२६ गते) को राशिफल

संसार न्यूज़
४ हप्ता पहिले
हेर्नुस् यस्तो छ तपाईको आज (२६ गते) को राशिफल

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ

इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्स्दिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिले खर्च निम्त्याए पनि विशेष पुण्यकर्म सम्पादन हुनेछ । लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । प्रवासमा मान–सम्मान पाइने समय छ । पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनुका साथै मनको डर उत्साहमा रूपान्तरित हुनेछ । आलोचकहरूले कमजोरी औंल्याउने हुँदा विशेष ध्यान दिनुहोला, पछिको संकट टर्नेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ काम र आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ । सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ । तर खर्च बढ्नाले रकम सञ्चय गर्न नसकिएला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । विशेष जिम्मेवारी हात पार्ने मौका छ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला । सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने हुँदा हिसाबकिताबमा होसियार रहनुहोला । सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुनेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूबाट केही सावधान भने रहनुपर्ला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । मिहिनेतले फाइदा दिलाउनेछ । बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला । आजको कामबाट दिगो फाइदा हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…