Sansar News- Nepal's Fast Khabar Online News Portal

असल नेताले सफलताको श्रेय सहयोगीलाई दिन्छन् र बिफलताको जिम्मा आफू लिन्छन्

संसार न्यूज़
८ महिना पहिले
असल नेताले सफलताको श्रेय सहयोगीलाई दिन्छन् र बिफलताको जिम्मा आफू लिन्छन्

नेपालका नेता, पुलिस, कर्मचारी, न्यायाधीश र राज्यका अंगहरू कसैले काम नगरेको भन्दा पनि तिनमा बदलिदो युगको प्रविँधिको ज्ञान र सीपको अभावले काम गर्न नसकेको वा क्षमतानै नभएकोले हो भन्नेमा मलाई बढी विश्वास बढ्दै गएको छ । त्यसमाथि सही काम र गलत कामगर्ने बीचमा समान नजरियाले हेर्ने जनताका कारणले गलत काम गर्ने उत्साहित हुदै र ईमानदार निरूत्साहित हुदै गएकोले हो । क्षमतावान कर्मचारीको साथ नलिने र सबैलाई हपार्दै झपार्दै क्षमताबिहीन नेताहरू काम भन्दा बढी बकबक गर्नाले जनतामा सकारात्मक संदेश जान नसकेकोले पनि समस्या बल्झिदै गएको हो । नेताहरू काम फत्ते गरेर मात्र बोल्न थाल्नुपर्छ अनि मात्र कर्मचारी र जनताले पत्याउ छन् । यो भएन, उ भएन, यसैले गर्न सकिएन भनेर नेताले भन्न पाउदैनन्, नसक्नेले सर्लक्क पद छाड्नुपर्छ, अरूले गर्छन्, आफूले गर्न सक्ने कामतिर लाग्नुपर्छ ।

मलाई कुनै काम सानो लाग्दैन । जहॉ जे को जिम्मेवारी पाईन्छ त्यही काम सबैभन्दा ठूलो लाग्छ, भलै अरूलाई त्यो कामको कुनै महत्वको नलागोस् । आफ्नो जिम्माको काम राम्ररी पूरा गर्नु कुनै ठूलो काम गरेको होईन पनि, त्यो कर्तव्य पूरा गरेको मात्र हो । कर्तव्य नगर्नु बरू ठूलो नाकाम हो । कर्तव्य पूरा गरेकोमा के के न गरें भन्नु पनि सुहाउँदैन ।

तर, जब तैले अहिले पदबाट हटे पछि खुब लेख्छस् तर आफै पदमा हुदॉ के गरिस् त भनेर ओठे प्रश्न गरिन्छ, त्यो बेला के जवाफ दिउँ भनेर असमंन्जसमा भने पर्ने गर्छु । नेताहरूले जस्तो आफूले केही नगरेको कामलाई पनि आफैले गरेँ भनेर फलाक्न कर्मचारीलाई नमिल्दो र नसुहाउदो हुने रहेछ ।

अरू केही चाहिन्न, फलानो कर्मचारी एउटा असल कर्मचारी थियो भनेर सेवाग्राहीले वा हाकिमले वा मातहतका सहयोगीले भनिदिए मात्र पनि उसको पर्याप्त चित्त खुशी हुदोरहेछ । कर्मचारीलाई जनताले हैन, सेवाग्राहीले परख गर्छन् ।

नेता सर्वेसर्वा देखिने मुलुकमा कर्मचारीले सबै काम गरेता पनि नाम भने नेताकै हुन्छ, जस पनि नेताले लिन अघि सर्छन् । काम गर्ने त कर्मचारी हो, त्यसैले उसको नाम कर्मचारी भएको हो । कर्मचारीले मैले गरें भन्न सुहाउदैन रहेछ । केही नगरे पनि नेताले मैले गरेको भन्छ । भूपि शेरचनको भनाईमा दगुर्छ गोडाले माला घॉटीले र टिका निधारले थाप्छु । गोडा र हात गुमनाम तर हाईहाई निधार र घॉटीको ।

काम गर्ने कालू, मकै खाने भालू बिडम्बना
असल नेताले जस कामगर्ने कारिन्दालाई तर अपजस भने आफूले थापेर महान बन्छ ।
नेपालका नेताहरू जस आफूले भिर्छन् र अपजस कर्मचारीलाई बोकाउछन्। पूर्वजले गरेको कामलाई हडप्छन् र ति सबै आफैले आफ्नै कार्यकालमा गरेको भनेर फुक्छन्, फुकाउछन् र जनतालाई उल्लु बनाउछन् । इतिहासमाथि बलात्कार गरिरहन्छन्, खराब ईतिहास छाडेर आगामी पुस्तालाई पिडीत बनाउदै जान्छन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…