back

यस्तो गाउँ जहाँ काँग्रेसका घर उज्यालो हुन्छ कम्युनिष्टको घरमा अन्धकार

वि.सं.२०७६ कात्तिक २७ बुधवार

150 

shares
NTC AD
Global IME AD

२६ कात्तिक, जुम्ला । एकसय ७७ घरधुरी रहेको जुम्लाकोतिला गाउँपालिका ८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिष्टका घरमा पिलपिले टुकी मात्रै बल्छन् । ०७३ अघिका पाँचवर्षको अवस्था ठीक उल्टो थियो । कम्युनिष्टका घर झिलिमिली हुन्थे कांग्रेसका घर अन्धकार ।
जुम्लाकोटमा शसस्त्र द्धन्द्धकालमा समेत नदेखिएको वैचारिक मतभेद ०६७ पछि ‘बिजुली राजनीति’ सँगै सुरु भएको बुधबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
तत्कालिन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोट साना जलविद्युत् आयोजना निर्माण भएको थियो । २७ लाख लागतमा निर्माण भई ०६७ साउनदेखि संचालनमा आएको २५ किलोवाटको बिजुली कम्युनिष्ट –कांग्रेस सबैले बाले । दुईवर्ष सम्म सबै घर झिलिमिली भए ।
तर, ०६७ मै कांग्रेसका स्थानीय नेता प्रेम बस्नेत माओवादीमा प्रवेशसँगै सुरु भएको तिक्तता ०६९ सम्म पुग्दा बिजुली नबाल्ने निर्णयमा पुग्यो । माओवादी पक्षको सक्रियतामा वहिस्कार गर्यो ।
त्यसको दुईवर्षपछि ०७१ मा सुशील कोइारलाको नेतृत्वको सरकारसँगै लबिङ गरेर कांग्रेस पक्षधरले अर्को जलबिद्युत् आयोजना सञ्चालनमा बजेट पारे । ३० लाख बजेटमा पातालामा नौ किलोवाट बिद्युत् उत्पादन भयो । ०७३ देखि कांग्रेस पक्षधर सबै ४० घरमा पुन ः विजुली बल्न थाल्यो । कांग्रेका घरमा विजुली बल्न थालेको एकवर्ष नवित्दै फेरि कम्युनिष्टको घर अन्धकार हुन थाल्यो । कारण थियो, जुम्लाकोट जलविद्युत् आयोजना विग्रनु ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०८:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...